७ वैशाख २०८१ शुक्रबार
समाज

नक्कली स्याम्पु र मसलासहित सञ्चालक पक्राउ

काठमाडाैं- महानगरीय प्रहरी परिसर काठमाडौँले नक्कली स्याम्पु र विएमसी मसला बनाउने सामानसहित सञ्चालकलाई पक्राउ गरेको छ। 

परिसरको टोलीले चन्द्रागिरी नगरपालिका–१५ नैकापस्थित आफ्नै घरमा ज्योति सोप एण्ड केमिकल्स इण्डस्ट्रिजको नाममा नक्कली स्याम्पु र विएमसी मसला बनाएर बिक्री वितरण गर्दे आएका धादिङ धार्केका बासुप्रसाद विडारी र ज्योति विडारीलाई पक्राउ गरेको हो। 

परिसरले बुधवार पत्रकार सम्मेलन गरी भारतीय ब्राण्डको मसला र स्याम्पु गैरकानूनी रुपमा उत्पादन गरी बजारमा बिक्री वितरण गरिरहेको सूचनाको आधारमा जिल्ला प्रशासन र स्थानीय जनप्रतिनिधीको रोहवरमा मङ्गलबार दिउँसो नियन्त्रणमा लिइएको जानकारी दिइएको थियो। 

प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले डेढ वर्षदेखि गैरकानूनी रुपमा मासिक १०० कार्टुन मसला र १०० कार्टुन स्याम्पु उत्पादन गरी राजश्वलगायत कुनै पनि विल नकाटी निर्यात गर्दै आएको जानकारी दिए। “पक्राउ कम्पनीले एक कार्टुुन मसलाको रु १० हजार र एक कार्टुन स्याम्पुको रु एक हजारसम्ममा बजारमा बिक्री वितरण गर्ने गरेको अनुुसन्धानमा खुल्न आएको छ”, उनले भने। 

प्रहरीले उक्त उद्योगबाट ४४ कार्टुुन मसला, ११ बोरा मसलाको कच्चा पदार्थ, मसला प्याक गर्ने प्लाष्ट्रिक ११ वण्डल, तयारी स्याम्पुु ३७० बाकस, स्याम्पुुको कच्चा पदार्थ दुुई बाल्टिन, खाली ड्रम २० थान र ठूलो मेसिन तीन थान बरामद गरेको छ। रु ५० लाख अधिकृत पूँजी बराबरको कम्पनी खोलेको र वार्षिक दुुई करोड बराबरको कारोबार गर्ने गरेको अनुुसन्धानमा खुलेको छ। पक्राउ परेका विडारीलाई कालोबजारी, कपी राइट तथा राजश्व छली सम्बन्धमा अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: २८ कार्तिक २०७५ १५:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App