५५ वर्षमै नाैं पटक वृद्धभत्ता बुझे रामबहादुरले

बुधबार, २८ कार्तिक २०७५, १८ : ०० मुक्तिप्रसाद न्यौपाने

पाल्पा - पाल्पामा एक व्यक्तिले ५५ वर्षको उमेरमै नाैं पटकसम्म वृद्धभत्ता बुझिसकेको भेटिएको छ। माथागढी गाउँपालिका–३, कसेनीका रामबहादुर चर्मकारले नौं पटक सामाजिक सुरक्षा वापतको रकम बुझेका हुन्।

रामबहादुरले ५५ वर्षकै उमेरमा नौं पटक वृद्धभत्ता बुझेको बताए। उनी भन्छन्, ‘म ३५ वर्षको हुँदा नागरिकता बनाएको ४५ लेखिदिएछन्, मैले अझै अगाडी पाउने रैछु मलाई त पछि अरुले भत्ता लिन जा भनेर लिन गएर लिएको हुँ। पहिला लाज लागेर गईन। अचेल लिने गरेको छु।’

आफुलाई रामबहादुर सार्की बताउने चर्मकारले थर समेत परिवर्तन कसरी भएको जानकारी नभएको बताए। पहिले २/२ हजारका दरले र अहिले दुई पटक ४/४ हजार बुझेकाे उनले बताए। रामबहादुर मजदूरी गरेर दैनिकी सञ्चालन गर्दै आएका व्यक्ति हुन्। उनले भत्ताले खर्च चलाउन सजिलो भएको बताए। 

माथागढी गाउँपालिका–३, कसेनीको वडा कार्यालयको तथ्याङ्क अनुसार उनको जन्ममिति २०११ साल भदै ७ गते रहेको छ। उनले २०४६ जेठ ९ गतेका दिन ९६ नम्बरको नागरिकता लिएको तथ्याङ्कमा छ। तर उनको जन्म भने २०२० सालमा भएको हो। कसेनीका स्थानीय घुम्ती टोली मार्फत् रामबहादुरको नागरिकता बनाउँदा जन्ममिति परिवर्तन भएको बताउँछन्। माथागढी गाउँपालिका–३ का वडा सचिव रेवतीरमण ज्ञवालीले नागरिकता ल्याएर भत्ता बुझेकोलाई केही गर्न नमिल्ने बताए। ‘कसैको गल्तीले नागरिकता बनेको हुनसक्छ। नागरिकता बनाएको समयमा भत्ता पाउने थाहै थिएन। अहिले पाउन थालेकोलाई केही गर्न मिलेन,’ ज्ञवालीले भने।

माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार थापाले आफु जनप्रतिनिधिको रुपमा आएपछि अगाडी जे छ त्यही अनुसार सामाजिक सुरक्षा भत्ता बाँडीरहेको बताए। उनी भन्छन्, ‘हामी आउनुभन्दाको कुरा रैछ । माथागढी गाउँपालिकाले अहिले पूनः भत्ता पाउनेहरुको सूची अध्यावधि गरिरहेका छौं। यसक्रममा उठेका गुनासाको सम्बोधन हुनेछ।’

 






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सोल्टिमा भारतीय मुघ्लाई "फूड फेस्टिभल"

सोल्टिमा भारतीय मुघ्लाई "फूड फेस्टिभल"

मुघ्लाई खानका पारखीहरुलाई लक्षित गर्दै सोल्टी होटेलले मुघ्लाई फूड फेस्टिवलको आयोजना गरेको छ। उक्त फूड फेस्टिवल यहि श्रावण ३१ देखि...

सबैभन्दा उत्कृष्ट सेल्फी क्यामरा भएको स्मार्टफोन !

सबैभन्दा उत्कृष्ट सेल्फी क्यामरा भएको स्मार्टफोन !

सबैभन्दा राम्रो फोटो खिच्ने मुख्य क्यामरा भएको र सबैभन्दा राम्रो सेल्फी खिच्ने सेल्फी क्यामरा भएको स्मार्टफोन! ...

महालक्ष्मी विकास बैंकको शाखा विस्तार

महालक्ष्मी विकास बैंकको शाखा विस्तार

महालक्ष्मी विकास बैंकले सुनसरीको धरान उप–महानगरपालिका वडा नम्बर–९, पुतलीलाइनमा शाखा विस्तार गरी बैंकिङ कारोबार सुरु गरेको छ । ...

दसैंमा केएनपीले फेरि ल्यायो रंगमा दंग

दसैंमा केएनपीले फेरि ल्यायो रंगमा दंग

जापानको सर्वोत्कृष्ट हेल्थी होम पेन्ट केएनपीले दसैंको शुभ अवसर पारेर पुनः एक पटक ‘रंगमा दंग’ योजना सार्वजनिक गरेको छ ।

बेलुन उडानको बुकिङ्ग सुरु

बेलुन उडानको बुकिङ्ग सुरु

वर्ष २०२० लाई लक्षित गरि गत वर्षदेखि व्यवसायिक उडान सुरु गरेको बेलुन नेपालले यो वर्षको पर्यटकीय सिजन सुरुसँगै आगामी सेप्टेम्बर...

कलैयामा माछापुच्छ्रेको १३०औं शाखा

कलैयामा माछापुच्छ्रेको १३०औं शाखा

माछापुच्छ्रे बैंकले कलैया उपमहानगरपालिकामा–१ मा नयाँ शाखा मंगलबारदेखि सञ्चालनमा ल्याएको छ । ...

रोजगार व्यवसायीलाई सेञ्चुरी बैंकको  ग्यारेन्टी

रोजगार व्यवसायीलाई सेञ्चुरी बैंकको  ग्यारेन्टी

सेञ्चुरी कमर्सियल बैंकले विपे्रषणसँग प्रत्यक्ष सम्बन्ध राख्ने वैदेशिक रोजगार व्यवसायीलाई बैंक ग्यारेन्टी सुविधा दिने निर्णय गरेको छ । ...

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन जिएसएमए (जिएसएमए एसोसियसन) ले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्ट अपहरुका लागि एक दिने ‘स्टार्ट...

Ncell Footer Ad