coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

घुसमा टिभी माग्ने डिएसपी राईविरुद्ध मुद्दा दायर

काठमाडौं– मुद्दा मिलाइदिने भन्दै घुसमा टेलिभिजन सेट माग्ने प्रहरी नायव उपरीक्षक (डिएसपी) श्यामकुमार राईविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ। 

महानगरीय प्रहरी वृत्त बौद्धका तत्कालिन प्रमुख डिएसपी राईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार भ्रष्टाचार निवारण ऐन अन्तर्गत मुद्दा दायर गरेको हो। 

राईले सेवाग्राहीसँग सोनी कम्पनीको टेलिभिजन खरिद गरी ल्याइदिनु भन्दै जिन्सी साम्रगीको रुपमा घुस माग्दा अख्तियारले १ लाख ४० हजार रुपैयाँ नगदसहित एक महिना अघि नियन्त्रणमा लिएको थियो। 

राईले टिभी सेट आफै खरिद गरेर ल्याउने र पैसा सेवाग्राहीबाट तिर्न लगाउने गरेका थिए। यसै सिलसिलामा एक सेवाग्राहीबाट टिभीको पैसा तिर्न लिएको घुस रकमसहित उनी अख्तियारको फन्दामा परेका थिए। 

अख्तियारका प्रवक्ता रामेश्वर दंगालका अनुसार राईलाई बिगो एक लाख ४० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) र सोही दफाको उपदफा (१) को देहाय (घ) बमोजिम जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको हो। 

प्रकाशित: २८ कार्तिक २०७५ ११:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App