८ वैशाख २०८१ शनिबार
अर्थ

पुल बनाउन विश्व बैंकको १३.३ अर्व ऋण, पाेषणामा ४.७अर्व अनुदान

  काठमाडौं–  नेपालका विभिन्न सडक सञ्जालका पुल मर्मतसम्भार एवं खाद्य तथा पोषण परियोजनाका लागि नेपाल सरकार र विश्व बैंकबीच एक संझौतापत्रमा हस्ताक्षर भएको छ। संझौता अनुसार दुई छुट्टा छुट्टै कार्यक्रमका लागि आज अर्थमन्त्रालयमा कूल १८ अर्ब रुपैयाँको सम्झौता भएको हो।

अर्थमन्त्री डा युवराज खतिवडा र विश्व बैङ्कका उपाध्यक्ष हार्टविग साफेरको उपस्थितिमा अर्थ सचिव राजन खनाल र नेपाल, बङ्गलादेश र भूटानका लागि विश्व बैङ्कका देशीय निर्देशक चिम्याओ फ्यानले हस्ताक्षर गरेका छन्।

दोस्रो पुल सुधार तथा मर्मतसम्भार परियोजना कार्यान्वयन गर्न यातायात क्षेत्र सुधारका लागिनिर्माण गरिने पुलमा लगानी गर्न बैङ्कले १३ अर्ब ३० करोडभन्दा बढी रकम ऋणस्वरुप उपलब्ध गराउनेछ । उक्त रकमबाट ४७७ बढी पुल निर्माण गरिनेछ ।

नेपालको रणनीतिक सडक सञ्जालका ४३३ पुलका लागि प्रदान गरिने उक्त ऋणबाट ९० वटा पुलको मर्मतसम्भार, दुर्घटनाका जोखिम कम गर्न १८० वटाको स्तरोन्नतिका साथै ८० वटा दुईलेनका नयाँ पुल र ३५ वटा चार लेनका पुलको मर्मतसम्भार एवं पुनःस्थापनामा खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ।

त्यसैगरी समावेशी विकास तथा महिलालाई केन्द्रमा राखेर खाद्य तथा पोषण सुदृढीकरणका लागि भने विश्व बैंकले ४ अर्ब ७० करोड अनुदान प्रदान गर्ने भएको छ । उक्त परियोजनाबाट ६५ हजार घरपरिवार प्रत्यक्षरूपमा लाभान्वित हुने जनाइएको छ।

 

प्रकाशित: २८ कार्तिक २०७५ ११:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App