coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सातो कपमा सहभागी हुन पर्शुराम क्यानडा प्रस्थान

काठमाडौं - कराते खेलाडी पर्शुराम बाँस्तोला १९ औं वार्षिक सातो कपमा सहभागी हुन बुधबार क्यानडाको भेन्कुभर प्रस्थान गरेका छन्।

३५ राष्ट्रको सहभागिता रहने प्रतियोगिता नोभेम्बर १७ तारिखमा हुनेछ। उनले एकल कातामा नेपालको चुनौती प्रस्तुत गर्नेछन्। प्रशिक्षमा मुकेश बरुवाल रहेका छन्। बरुवाल नोभेम्बर ११ तारिखमै क्यानडा पुगिसकेको पर्शुरामले जनाएका छन्। बरुवाल मकाउबाट क्यानडा गएका हुन्। पर्शुरामलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङले बुधरबारै एक कार्यक्रमबीच बिदाइ गरे।

प्रकाशित: २८ कार्तिक २०७५ १०:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App