coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भारतीय मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

रौतहट–रौतहटको सदरमुकाम गौरमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रुको ज्यान गएको छ । गौर चन्द्रनिगाहपुर सडक खण्ड अन्र्तगतको वडा नम्बर ११ सिसवा चोकमा शनिबार साँझ मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको हो ।

गौरबाट जिगडिया तर्फ गईरहेका विआर ०५ एस ५६१६ नम्बरको भारतीय मोटरसाइकलको ठक्करबाट स्थानीय ५५ बर्षीय शेख जुमनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाईते भएका जुमनलाई गौर ८ स्थित सिटी अस्पतालमा उपचारको क्रममा साढे ५ बजेको समयमा मृत्यु भएको प्रहरी प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले बताए । घटना पश्चात मोटरसाइकल चालक जिगडिया ९ का शेख इमरानलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको छ ।

 

प्रकाशित: ९ आश्विन २०७३ ०४:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App