बालिका हत्या आरोपीको पहिचान

बुधबार, २८ कार्तिक २०७५, १२ : ०८ महेश्वर चामलिङ राई

उदयपुर – चार दिनअघि जंगलमा मृत भेटिएकी १३ वर्षीया बालिकाको हत्याराको पहिचान भएको प्रहरीले जनाएको छ। बाख्रा चराउन गएर नफर्केकी रौतामाई गाउँपालिका ३ लाफागाउँ अमलाकी एल्जीना खड्काको शव अर्धनग्न अवस्थामा भोलिपल्ट आइतबार फेला परेको थियो।  

उनको बलात्कारपछि हत्या भएको आफन्तको दावी अनुसार घट्नामा संलग्न भएको आशंकामा सोधपुछका लागि पक्राउ ६ किशोरमध्ये २ जनाले आरोप स्वीकारेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। संलग्नताको आशंकामा सोमबार पक्राउ परेका छिमेकी ५ किशोरको बयान अनुसार मंगलबार बिहान थप १ किशोर पक्राउ परेका थिए। उनीहरुमध्ये १५ वर्षीय किशोर मुख्य दोषी र अर्का १७ वर्षीय किशोर मतियार भएको खुलेको जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताए।

‘हामीले हत्यामा संलग्नताको आशंकामा घट्नास्थल पुगेको टोलीले नियन्त्रणमा लिएर ल्याएका ५ किशोरहरुमाथि सोधपुछ गर्दा’ एसपी राईले भने ‘उनीहरुको बयानका आधारमा अर्का १५ वर्षीय किशोर मंगलबार बिहान नियन्त्रणमा लियौं, सोधपुछको क्रममा उनीसहित २ किशोरले अपराध स्वीकार गरेका छन्।’ प्रहरीले दोषी निश्चित भइसकेपनि पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेकाले अपराधीलाई अहिले नै सार्वजनिक गरेको छैन।

बालिकाको शव बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम गर्न पठाइएको थियो। जिल्ला प्रहरी डिएसपी अर्जुन रानाभाट र उदयपुर अस्पतालका मेडिकल अधिकृत विजय मेहतासहितको अनुसन्धान टोलीसहित पोष्र्टमार्टमका लागि सोमबार साँझ धरान पठाइएको रिपोर्ट आइपुग्न लागेको प्रहरीले जनाएको छ।

रिपोर्ट हात परेपछि लास आफन्तलाई बुझाउने तथा पत्रकार सम्मेलन गरी दोषीहरु सार्वजनिक गर्ने तयारी भईरहेको एसपी राईले बताएका छन्। स्थानीय मावि लाफागाउँमा कक्षा ९ की छात्रा एल्जीना र छिमेकी गाउँका किशोरहरुबीच चिनजान र हिमचिम भएकै पाइएको स्थानीयको भनाई छ।








यसमा तपाईको मत

अन्य समाचार

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलको नयाँ आइफोन - आइफोन ११ को माग निकै उच्च रहेको छ ! ...

Ncell Footer Ad