coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

‘स्वदेशी स्रोतको क्षमता बढाउनुपर्छ’

काठमाडौं – अर्थमन्त्री युवराज खतिवडाले वैदेशिक सहायताको स्रोतलाई स्वदेशी स्रोतको गतिशीलता बढाउने परिपूरक बनाउनुपर्नेमा जोड दिएका छन् । वैदेशिक स्रोतमा परनिर्भरता हटाउन स्वदेशी स्रोतको क्षमता बढाउनुपर्ने उनको भनाइ छ।

‘वैदेशिक सहायताबाट सञ्चालन हुने कुनै पनि कार्यक्रम स्वदेशी स्रोतलाई सक्षम बनाउने उद्देश्यमा केन्द्रित गरिनुपर्छ,’ मंगलबार अन्तर्राष्ट्रिय सहायता पारदर्शिता पहलको प्राविधिक सल्लाहकार समूह (आइएटिआई टिएजी) को वार्षिक बैठकमा सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले भने, ‘ताकि नेपालजस्तो वैदेशिक स्रोत प्राप्त गर्ने मुलुकले त्यस्तो स्रोतको परनिर्भरता न्यून गर्न सकोस्।’

वैदेशिक सहायतालाई पारदर्शी बनाउन यस्ता स्रोत परिचालन गर्ने जिम्मेवार निकायका अधिकारीलाई जवाफदेही बनाउनुपर्नेमा उनले जोड दिए । खतिवडाले वैदेशिक स्रोत प्रभावकारी बनाउन पेरिस घोषणपत्रको सिद्धान्त स्मरण गराउँदै सिद्धान्त पालना भए नभएको अनुगमन आइएटिआईले गर्नुपर्ने धारणा राखे।

होटल सोल्टीमा जारी बैठकमा विश्वभरबाट एक सय ५० भन्दा बढी सरकार, विकास साझेदारलगायतका प्रतिनिधि सहभागी रहेको अर्थ मन्त्रालयले जनाएको छ । संस्थाको यो बैठक एसियामै पहिलोपटक नेपालमा आयोजना गरिएको हो।

प्रकाशित: २८ कार्तिक २०७५ ०५:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App