coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

उदाउँदो सुर्यलाई अर्घ दिएर छठ पर्व समापन (फोटो फिचर)

रौतहट – तराई मधेसमा मनाइने सबैभन्दा ठुलो लाक आस्थाको पर्व छठ उदाउँदो सुर्यलाई अर्घ दिएर सम्पन्न भएको छ। चार दिनसम्म मनाइने पर्व बुधवार (आज) उदाउदो सुर्यलाई अर्घ दिई सम्पन्न भएको हो।

गत आइतबार नहाएखाए देखी सुरु भएर सोमबार खरना, मंगलबार निखण्ड र बुधवार पारन गरी सम्पन्न भएको हो। लोक देवी छठीमाइको मुल पुजा हुने छठ पर्वमा सुर्यलाई साक्षी मानेर ब्रतालुहरू तिन निराहार ब्रत बसी अहिले सुर्यलाई अर्घ दिएपछि पारन गरी सम्पन्न गर्दैछन्।

नदी, तलाउ, पोखरी, खोला किनारबाट अघिल्लो दिन अस्ताउँदो सुर्यलाई अर्घ दिएका व्रतालुहरूले रातभर जाग्राम बसेर आज बिहान उदाउँदो सुर्यलाई अर्घ दिएका छन्। बिहान सुर्यलाई अर्घ दिएपछि ३६ घण्टादेखि निराहार र निर्जल रहेका व्रतालुहरुको व्रत पनि समाप्त भएको छ। यसपछि छोरी चेली कहाँ छठ पर्वको प्रसाद कोसेलीको रुपमा पुर्याउने चलन  छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App