coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

फाेटाेपत्रकार आलमको रिहाइ माग

काठमाडौं – पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलगायत ३४ जना प्रभावशाली दक्षिण एसियालीले बंगलादेशी फोटोग्राफर तथा सांस्कृतिक अभियन्ता साहिदुल आलमको रिहाइको माग गरेका छन् । यी ३४ जना दक्षिण एसियालीले बंगलादेशी प्रधानमन्त्री शेख हसिना वाजेदलाई पत्र लेखी आलमलाई रिहाइ गर्न भनेका हुन्।

आलमलाई गत साउन ३० गते आफ्नै घरबाट गिरफ्तार गरी ढाका केन्द्रीय कारागारमा राखिएको छ । उनलाई युवा विद्यार्थीले सडक सुरक्षा माग गर्दै विरोध प्रदर्शनको समाचार लेख्दा ‘राष्ट्रको छवि धमिल्याएको’ आरोप लगाइएको छ ।
बंगलादेशी प्रधानमन्त्रीलाई लेखिएको पत्रमा भनिएको छ, ‘बंगलादेशका शुभेच्छुक तथा १६ करोड ६० लाख नागरिकको प्रतिष्ठा, सामाजिक न्याय र समृद्धिका लागि संघर्षरत फोटो पत्रकार तथा सांस्कृतिक अभियन्ता साहिदुल आलम थुनिएको प्रति हामी गम्भीर भएका छौं।’

पत्रमा उनीहरूले सहिदुल अलामलाई देखाएर नागरिक समाजमा आलोचनालाई दबाउन खोजेको प्रस्ट हुने उल्लेख गरेका छन् । पत्रमा लेखिएको छ, ‘सहिदुल आलम बंगलादेशी नागरिक भए पनि बाँकी दक्षिण एसियालीहरू उनको सत्य, न्याय र सामाजिक समानताको प्रवद्र्धनप्रतिको क्रियाशीलताका कारण आफ्नै ठान्छौं।’

अलामलाई तत्काल रिहाइका लागि बंगलादेशी प्रधानमन्त्रीलाई पत्र लेख्नेमा अरुन्धती रोय, अर्पणा सेन, विक्रम सेठ, रोमिला थापर, अमिताभ घोष, सवाना आज्मी, बुद्धदेवदास गुप्ता, नन्दिता दास, मोहम्मद हनिफ, अनिस कपुरलगायत छन्।

पत्रमा गायक तथा गीत लेखक मौसुमी भोवमिक (कोलकता), राजनीतिक वैज्ञानिक जयादेभा युयान्गोडा (कोलम्बो), कवि एवं समालोचक शंख घोष (कोलकता), इतिहासविद् लेखक रामचन्द्र गुहा (बैंगलोर), फोटोग्राफर रघु राई (दिल्ली) र कलाकार सलिमा हसामी (लाहोर) हस्ताक्षर गरेका छन्।

प्रकाशित: २८ कार्तिक २०७५ ०२:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App