७ वैशाख २०८१ शुक्रबार
कला

माघमा दीपेन्द्रको ‘गोपी’

काठमाडौं – आगामी चैत १५ मा रिलिज हुने भनिएको फिल्म ‘गोपी’ अब माघ १८ मा रिलिज हुने भएको छ । सञ्चारकर्मी दीपेन्द्र लामाको निर्देशन रहेको फिल्ममा विपिन कार्की, वर्षा राउत र सुरक्षा पन्तको प्रमुख अभिनय छ।

निर्देशक लामाले फिल्मको पोस्ट प्रोडक्सन सकिएको र देश विदेशका दर्शकले फिल्म चाँडै रिलिज गर्न आग्रह गरेपछि माघ १८ लाई नयाँ मिति तोकिएको बताए । ‘मेरो पहिलो फिल्म ‘घामपानी’ले जस्तै दोस्रो फिल्म ‘गोपी’लाई पनि दर्शकले साथ दिनुहुनेछ भन्नेमा विश्वस्त छु ।’ उनले भने।

फिल्मलाई नेपालभर मनोठ राठी र उज्जवल पौडेलको वैंकेटस इन्टरटेनमेन्टले वितरण गर्नेछ । निर्माता मणिकर्ण केसी र वितरकका तर्पmबाट मनोज राठीले गत सोमबार वितरण सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । ‘फिल्मको रिलिजबारे विभिन्न मितिको अध्ययन गर्दा सबैभन्दा अनुकूल माघ १८ देखिएकोले पनि हाम्रो छनोटमा उक्त दिन परेको हो,’ निर्माता केसीले भने।

आरोही इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्मका कार्यकारी निर्माता श्रीधर पौडेल हुन् । एमए पढेर पनि गाईपालनमा होमिएका एक युवकको संघर्षकथा फिल्ममा समेटिएको पटकथा लेखक सामिप्यराज तिमल्सिनाले खुलाए।

काठमाडौंको टोखा क्षेत्रमा छायांकन गरिएको फिल्ममा शैलेन्द्रध्वज कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत तथा विप्लव प्रतीक र बुद्धिसागरको गीत छ।

प्रकाशित: २८ कार्तिक २०७५ ००:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App