८ वैशाख २०८१ शनिबार
कला

‘जात्रै जात्रा’ काे टिजर सार्वजनिक

काठमाडौं – गत आइतबारबाट छायांकन शुरु भएको फिल्म ‘जात्रै जात्रा’को टिजर सार्वजनिक भएको छ । फिल्म युनिटले छायांकन अघि नै फिल्मको टिजरलाई युट्युबबाट सार्वजनिक गरेको हो । फिल्म ‘जात्रै जात्रा’ दुई वर्ष अघिको ‘हिट’ फिल्म ‘जात्रा’को सिक्वेल हो।

सार्वजनिक टिजरमा फिल्मका प्रमुख तीन कलाकार विपिन कार्की, रविन्द्र झा र रविन्द्रसिंह बानियाँ देखिएका छन् । टिजरको एक दृश्यमा अभिनेता दयाहाङ राईलाई पनि प्रस्तुत गरिएको छ । केही समय अघि राजधानीमा आयोजित फिल्म घोषणा कार्यक्रममा निर्माण पक्षले दयाको नाम गोप्य नै राखेको थियो । निर्देशक भट्टराईले दयाको ‘सरप्राइज’ भूमिकाले दर्शकलाई कौतुलहता बढाउने बताए।

आगामी फागुन १७ गते रिलिज हुने फिल्ममा वर्षा राउत प्रमुख भूमिकामा छिन् । टिजरमा भने वर्षालाई लुकाइएको छ । रविन्द्र सिंह बानियाँ प्रस्तुतकर्ता रहेको फिल्ममा सिंगे लामा र यादव पौडेलको लगानी छ । फिल्ममा मित्र डी गुरुङको सम्पादन, शिवराम श्रेष्ठको छायांकन, शंकर महर्जनको द्वन्द्व छ।

प्रकाशित: २८ कार्तिक २०७५ ००:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App