७ वैशाख २०८१ शुक्रबार
खेल

खेलाडीको चोटले फ्रान्सलाई समस्या

पेरिस – नेदरल्यान्ड्स र उरुग्वेसँग हुने नेसन्स लिग खेलका लागि फ्रान्सेली टोली मुख्य खेलाडीत्रय पाउल  पोग्बा, बेन्जामिन मेन्डी  र एन्टोनी मार्सियलबिना नै मैदान उत्रिने भएको छ।

नेदरल्यान्ड्ससँग शुक्रबार र आउँदो मंगलबार हुने खेलका लागि आइतबार सम्पन्न म्यानचेस्टर डर्बी भिडन्तमा पोग्बा र मार्सियल घाइते भएका कारण टोलीमा अनुपस्थित हुन लागेका हुन् । सिजनको पहिलो डर्बी भिडन्तमा सिटीसँग ३–१ ले हार भोगेको युनाइटेडका खेलाडीद्वय पोग्बा र मार्सियल एवं सिटीका मेन्डीलाई क्रमश थाइ, हिप र घुँडामा चोट लागेको थियो।

उनीहरूको स्थानमा आर्सनलका फरवार्ड एलेक्जान्ड्रे लाकाजेट र टोटेनह्यामका  मिडफिल्डर मौसा सिसोकोलाई टोलीमा समावेश गरिएको थियो । तर घाइते अवस्थापछि लाकाजेटको नाम  दुई घण्टाअगाडि हटाइएको थियो । उनको नाम फिर्ता लिएपछि बोरुसिया मोन्चेनग्लाडबाचका २५ वर्षे फरवार्ड अलासाने प्लेलाई टोलीमा समावेश गरिएको छ । सँगै लियोनका २३ वर्षे रक्षक फरल्यान्ड मेन्डीले पनि अन्तर्राष्ट्रिय  प्रतियोगितामा डेब्यु गर्ने सम्भावना रहेको छ ।  उनी बेन्जामिन मेन्डीको स्थानमा टोलीमा समावेश हुनेछन्।

पोग्बा, मेन्डी र मार्सियललाई अघिल्लो साता प्रशिक्षक डिडियर डेसच्याम्पले अभ्यासका लागि बोलाए पनि चोटका कारण उनीहरू मैदानमा उपस्थित भएनन् । यद्यपि लाकाजेटको पनि टोलीमा उपस्थिति अनिश्चित छ।

यस्तै मंगलबार बायन रुनीको बिदाइका लागि क्रोएसिया र अमेरिकासँग नेसन्स लिगको खेलका लागि टोटेनह्यामका रक्षक काइरन ट्रिपर पनि चोटग्रस्त भएपछि उनको नाम टोलीबाट हटाइएको छ । शनिबार क्रिस्टल प्यालेससँग भएको खेलमा घाइते भएका थिए।

सोमबार उनको नाम टोलीमा समावेश गरिएको भए पनि अन्तिम समयमा चोटका कारण हटाइएको थियो । यस्तै आर्सनलका स्ट्राइकर ड्यानी वेलब्याकको नाम पनि साउथगेटको २८ सदस्यीय टोलीबाट हटेको छ । वेलब्याकको एंकलमा चोट लागेपछि दोस्रो शल्यक्रिया भएको थियो । सोही कारण बिहीबार सम्पन्न युरोपा लिगमा स्पोर्टिङ लिज्बनसँगको खेलमा पहिलो रोजाइमा रहेका थिएनन्।

अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका रुनीको बिदाइका लागि मंगलबार बायन रुनी फाउन्डेसनले प्रतियोगिता आयोजना गर्दै छ । उक्त खेल नै रुनीका लागि राष्ट्रिय टोलीको जर्सीबाट अन्तिम खेल हुनेछ।

प्रकाशित: २८ कार्तिक २०७५ ००:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App