coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भेरी नदीमा भेटियो बेवारिसे शव

डोल्पा–डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं. १ स्थित धुम्चे डांडा नजिक भेरी नदीको किनारमा एक युवकको शव फेला परेको छ।

कार्तिक १९ गते सदरमुकाम दुनैबाट सुंपानीतर्फ आउदै गरेको भे १ च १६१० को जीपदुर्घटना हुंदा बेपत्ता भएकी २१ वर्षीया अमिना बुढामगरको शव खोज्ने क्रममा बेवारिसे लास भेटिएको हो। एक सातादेखि बेपत्ता अमिनाको खोजी गर्दै आएको गोताखोरको टोलीले मंगलबार साँझ अन्दाजी २७ वर्षीय युवकको शव फेला पारेको हो।मृतकको नामथर बतन भने खुल्न नसकेको प्रहरीले जनाएको छ। बेवारिसे शव प्रहरी चौकी त्रिपुराकोटमा राखिएको र पोष्टमार्टमको लागि बुधवार दुनैस्थित अस्पताल लगिने प्रहरीले जनाएको छ।

 

प्रकाशित: २७ कार्तिक २०७५ १३:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App