पुस मसान्तसम्म कर्मचारी समायोजन हुनेः मन्त्री पण्डित

मङ्गलबार, २७ कार्तिक २०७५, १८ : ५७ नागरिक

विराटनगर – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आगामी पुस मसान्तसम्ममा तीन वटै तहमा कर्मचारी समायोजन भइसक्ने वताएका छन्। 

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘कर्मचारी समायोजनसम्बन्धी अध्यादेश मन्त्रिपरिषद्मा छलफल भएर परामर्शका लागि लोकसेवा आयोगमा पठाइएको छ, त्यो अध्यादेश पारित भएर ऐनका रुपमा आएपछि तीन वटै तहमा देखिएको कर्मचारीसम्बन्धी समस्या समाधान हुनेछ।’ 

मन्त्री पण्डितले समायोजनमा कर्मचारीलाई प्रोत्साहन दिइएको उल्लेख गर्दै प्रदेश लोकसेवा ऐन नबनुञ्जेल सङ्घीय लोकसेवा आयोगले आवश्यक पदपूर्ति खुला गरी कर्मचारी खटाउने बताए। 

प्रदेशका मन्त्रालयमा अस्थायी रुपमा विज्ञताका आधारमा सचिव सरुवा गरिएको स्पष्ट पार्दै उनले कर्मचारी ऐन आएपछि निश्चित अवधि पूरा नभएसम्म सरुवा–बढुवा नहुने जानकारी दिए। 

एक प्रश्नको जवाफमा उनले सरकारले उपलब्ध गराएको बाहेक अन्य केही पनि सुविधा आफूले नलिएको बताए। रासस








यसमा तपाईको मत

अन्य समाचार

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलको नयाँ आइफोन - आइफोन ११ को माग निकै उच्च रहेको छ ! ...

एनसेलको दशैं अफर

एनसेलको दशैं अफर

एनसेल प्रा.लि.ले आफ्ना ग्राहकहरुका लागि दशैं अफर ल्याएको छ । ...

वेस्टर्न युनियनको उपभोक्ता प्रवद्र्धन अफर

वेस्टर्न युनियनको उपभोक्ता प्रवद्र्धन अफर

रेमिट कम्पनी वेस्टर्न युनियनले नेपालमा सेप्टेम्बर १८ देखि नोभेम्बर १६सम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्रमार्फत नगद पुरस्कार जित्न सक्ने...

कुमारी बैंकका सात शाखा थपिए

कुमारी बैंकका सात शाखा थपिए

कुमारी बैंकले एकै दिन सात शाखा उद्घाटन गरेको छ । ...

मुक्तिनाथद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

मुक्तिनाथद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत बैंकको साना तथा लघुबैंकिङ कार्यालय बूढीबजारमा सदस्य रहेका विष्णुमाया बरालको मृत्यु भएकोले निजले उपभोग...

फोर्ड र महिन्द्रा सहकार्यमा

फोर्ड र महिन्द्रा सहकार्यमा

फोर्ड मोटर कम्पनी र महिन्द्रा एन्ड महिन्द्रा कम्पनीले संयुक्त रुपमा काम गर्ने गरी सम्झौतामा हस्ताक्षर गरेका छन् । ...

अब ए५०एसमा सामसङको प्रिमियम क्यामरा फिचर

अब ए५०एसमा सामसङको प्रिमियम क्यामरा फिचर

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी ए५०एस प्रस्तुत गरेको छ। नयाँ ग्योलेक्सी ए५०एसमा अझै धेरै नवीनतम एवं आकर्षक विशेषताहरु समेटिएको...

Ncell Footer Ad