७ वैशाख २०८१ शुक्रबार
खेल

भूमि च्याम्पियन, कान्छीमायाको कीर्तिमान

काठमाडौं- भूमिराज राई र कान्छीमाया कोजुलेशनिबार राजधानीमा काठमाडौं म्याराथनकोउपाधि जितेका छन्। १०औं संस्करणमा विजेताबन्दा कान्छीमायाले राष्ट्रिय कीर्तिमान बनाएकी छन्। महिलातर्फ उनले २ घन्टा ५५ मिनेट ५७ सेकेन्डमा म्याराथन दुरी पार गर्दै राष्ट्रिय कीर्तिमान बनाइन्। उनले स्वरुपा खड्काले सन् २०१३ को सिकागो म्याराथनमा बनाएको २ घन्टा ५७ मिनेट १० सेकेन्डकीर्तिमान उछिनेकी हुन्। कीर्तिमान बनाएकी स्वरुपाले इन्चोन एसियाड र १२औं साग खेलकुदमा नेपालको प्रतिनिधित्व गरेकी थिइन्।

कान्छीमायालाई कीर्तिमान बनाएपछिकाठमाडौं रोड रनर्स अल्मुनाईले ५० हजार प्रदान गर्ने घोषणा गरेको छ।

त्रिभुवन आर्मी क्लबकासरिता वासीले ३ घन्टा १९ मिनेट ५२ सेकेन्डबाट दोस्रो र लालकुमारी घर्तीले ३ घन्टा ४४ मिनेट १४ सेकेन्डबाट तेस्रो स्थान हासिल गरेका थिए।

पुरुषमा नेपाल पुलिसका भूमिराजले काठमाडौं म्याराथनमा अहिलेसम्मकै राम्रो समय निकाल्ने क्रममा २ घन्टा २० मिनेट ४४ सेकेन्डमा दौड पूरा गरे। कीर्तिमानी धावक वैकुण्ठ मानन्धरको नाममा राष्ट्रिय म्याराथनको कीर्तिमान छ। उनले तेस्रो दक्षिण एसियाली महासंघीय खेलकुद(साफ) मा २ घन्टा १५ मिनेट ०३ सेकेन्डको कीर्तिमान बनाएका थिए। जुन अहिलेसम्म साग खेलकुदमै तोडिन सकेको छैन।

भूमिको प्रदर्शनबाट प्रभावित भएर काठमाडौं रोड रनर्स क्लब अल्मुनाईका सल्लाहकार ओलम्पियन रघुराज वन्त र काठमाडौं म्याराथनका मुख्य योजनाकार नीलेन्द्रराज श्रेष्ठले समान रुपमा १ लाख रुपैयाँ दिने घोषणा गरेका छन्।

भूमि पहिलो हुँदा २ घन्टा २१ मिनेट ४६ सेकेन्डसहित आर्मीका कृष्ण बस्नेत दोस्रो भए। राजन खत्रीले २ घन्टा २९मिनेट २२ सेकेन्डबाट तेस्रो स्थान हासिल गरे। म्याराथनविजेता महिला/पुरुष खेलाडीले समान ५० हजार, उपविजेताले २० हजार, तेस्रोले १५ हजार रुपैया पाए।

हाफ म्याराथनको पुरुष/महिला दुवैमा आर्मीका खेलाडीले वर्चस्व जमाए।२१.९७५ किलोमिटर दुरीको हाफ म्याराथन दुवैतर्फ पहिलोदेखितेस्रो स्थानसम्म आर्मीको वर्चस्व हुँदा रियो ओलम्पिकको अनुभव बटुलेका हरि रिमालले १ घन्टा ०८ मिनेट ४७सेकेन्डबाट पहिलो पाए। दोस्रो भएका ज्ञानप्रसाद भट्टराईले १ घन्टा ९ मिनेट २८.९५ सेकेन्ड र तेस्रो भएकालालबहादुर थापाले १ घन्टा १० मिनेट ३६ सेकेन्डमादौड पूरा गरे।

महिलामा १ घन्टा २७ मिनेट १९ सेकेन्डसहित सानुमाया कार्की पहिलो, पुष्पा भण्डारी दोस्रो र बिन्द्रा देशार श्रेष्ठ तेस्रो भए। पुष्पाले १ घन्टा ३२ मिनेट २३ सेकेन्ड र बिन्द्राले १ घन्टा ३४ मिनेट ४० सेकेन्ड लगाए। दुवैतर्फका विजेताले २० हजार, उपविजेताले १३ हजार र तेस्रोले ७ हजार पाए।

पुरुष ५ किलोमिटर खुला दौडमा रामजी बस्नेत पहिलो, टीकाराम कटवाल दोस्रो रछत्र दाहाल तेस्रो भए।सबै आर्मी खेलाडी हुन्। महिलातर्फ आर्मीकी सरस्वती भट्टराई पहिलो, एपिएफकी फूलमति राना दोस्रो र काठमाडौंकी सन्तोषी श्रेष्ठ तेस्रो भए।

विद्यालयतर्फ ५ किलोमिटरछात्रमा अजितकुमार यादव पहिलो, राजेन्द्र तामाङ दोस्रो रजगत नेपाली तेस्रो भए। छात्रामा हुमी बुढामगरपहिलो, संगीता खड्का दोस्रो र शर्मिला क्षेत्री तेस्रो भएका थिए।

म्याराथन दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भई विभिन्न भागको परिक्रमा गरी पुनः रंगशालामै आएर सकिएको थियो।

प्रकाशित: ९ आश्विन २०७३ ०३:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App