८ वैशाख २०८१ शनिबार
राजनीति

पाँच लाख घुससहित समातिएका सह न्यायधिवक्ताविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सहन्यायधिवक्ता विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। 

उच्च सरकारी वकिल कार्यालय पोखराका सह न्यायधिवक्ता सुरेन्द्रबहादुर थापाविरुद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐनअन्तर्गत मंगलवार मुद्दा दायर गरेको हो। 

थापा ठगी मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिने प्रलोभन देखाई सेवाग्राहीसँग लिएको ५ लाख घुससहित अख्तियारको नियन्त्रणमा परेका थिए। 

उनलाई बिगो ५ लाख रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही दफाको उपदफा (१) को (घ) बमोजिम जरिवाना र कैद सजाय माग गरी मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिएका छन्। 

प्रकाशित: २७ कार्तिक २०७५ ११:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App