४ वैशाख २०८१ मंगलबार
समाज

आगलागी पीडितलाई सेनाद्वारा राहत वितरण

आगलागी पीडितलाई सेनाद्वारा राहत वितरण रसुवा– रसुवाको गोसाईकुण्ड गाउँपालिका–५ ठुलोभार्खुका आगलागी पीडितलाई नेपाली सेनाले राहत वितरण गरेको छ। गत बुधबार खाना पकाउने क्रममा ग्यास चुल्हो लिक हुँदा छोवाङ्ग नाम्ग्याल घलेको घरमा आगलागी भएको थियो। आगलागीका कारण

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–५ ठुलोभार्खुका आगलागी पीडितलाई नेपाली सेनाले राहत वितरण गरेको छ। 

गत बुधबार खाना पकाउने क्रममा ग्यास चुल्हो लिक हुँदा छोवाङ्ग नाम्ग्याल घलेको घरमा आगलागी भएको थियो। आगलागीका कारण घर जलेर नष्ट भएको हो। घर जल्दा घरमा रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुँडा लगायत अन्य सामानहरू जलेको घलेले बताए। 

लामटाङ्ग राष्ट्रिय निकुञ्जको सुरक्षाको लागि खटिएको कालीजंग गणका गणपति प्रमुख सेनानी शीतल बानियाँ क्षेत्रीले गणको तर्फबाट खाद्यान्न र नगद वितरण गरेका हुन्। पीडित घलेलाई १६ हजार बराबरको राहत सामाग्री तथा १० हजार नगद प्रदान गरिएको कालीजंग गणले जनाएको छ।

 

प्रकाशित: २७ कार्तिक २०७५ १०:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App