coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मापसे गरेर विमान उडाउने पाइलटको लाइसेन्स रद्द

नयाँदिल्ली- विमान चलाउने बेलामा मादक पदार्थ सेवन गरेको भेटिएपछि भारतका एक जना अनुभवी विमान चालकको अनुमतीपत्र रद्ध गरिएको छ। 

विमान चलाउनु अगाडी श्वास परीक्षण गर्दा मादक पदार्थ सेवन गरेको पुष्टि भएपछि उनको अनुमतीपत्र केही समयका लागि सोमबार रद्ध गरिएको अधिकारीहरुले जनाएका छन्। 

एयर इन्डियाको विमान उडाएर लण्डन लैजान लागेको बेला वरिष्ठ चालक अरबिन्द काथपालियाले मादक पदार्थ सेवन गरेको पाइएको अधिकारीहरुको भनाई छ। 

“श्वास परिक्षण गर्दा उहाँले मादक पदार्थ सेवन गरेको पाइयो, त्यसैले नियम अनुसार उहाँको चालक अनुमतीपत्र तत्कालदेखि लागुहुनेगरी तीन बर्षका लागि रद्ध गर्ने निर्णय भएको छ,” एक उच्च अधिकारीले बताए। 

विमान चालक काथपालियाको अनुमतीपत्र यसअघि पनि सन् २०१७ मा तीन महिना रद्ध गरिएको थियो। 

सवै विमान चालक र चालक दलका सदस्यहरुलाई कम्तीमा पनि १२ घण्टा भन्दा अगाडी मादक पदार्थ सेवन गर्न निषेध गरिएको छ। 

विगत चार बर्षमा भारतका विभिन्न विमान सेवा प्रदायक कम्पनीका १५० भन्दा बढी विमान चालकहरु श्वास परीक्षणमा विफल भएपछि उनीहरूमाथि फरक फरक सजाय गरिएको छ।

प्रकाशित: २७ कार्तिक २०७५ १०:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App