coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

निहारिका र दिवस उत्कृष्ट

काठमाडौं- एनएसए पौडी प्रतियोगिताको छैटौं संस्करणको पहिलो दिन कीर्तिमान बनाएकी निहारिका तुलाधरले शनिबार तीन स्वर्ण पदक जितेकी छन्। दुईदिने प्रतियोगितामा शुक्रबार निहारिकाले ५० मिटर ब्रेस्टस्ट्रोकमा ३८.६ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन।

शनिबार सातदोबाटोस्थित पौडी पोखरीमा निहारिकाले १०० मिटर ब्रेस्टस्ट्रोक, ५० मिटर ब्याकस्ट्रोक र ४ गुणा ५० मिटर फ्रिस्टायल रिलेमा स्वर्ण जितिन्। उनले रिलेमा लिंकन स्कुलकी टिसा शाक्य, आयुष्मा तुलाधर र श्रृतिका सिंहसँग मिलेर स्वर्ण जितिन्।

प्रतियोगितामा७३ अंकसहित लिंकन स्कुल टिम च्याम्पियन भयो। ४४ अंक जोडेको लिटिल एन्जल्स दोस्रो र ४२ अंकसहित प्रिमियरस्कुल तेस्रो भए। ५ स्वर्ण, ३ रजत र १ कास्य जितेकी लिंकनकी निहारिका र ६ स्वर्ण २ रजत र १ कांस्य जित्ने एपिएफका दिवस मानन्धर उत्कृष्ट पौडीवाजमा पुरस्कृत भए।

निहारिका १०० मिटर ब्रेस्टस्ट्रोकमा १ मिनेट २८.२५ सेकेन्डसहित पहिलो हुँदा सोनिरा विष्ट दोस्रो र अक्षरा सिंह तेस्रो भए। ५० मिटर ब्याकस्ट्रोकमा निहारिकाले ३७.९४ सेकेन्डमा विजयी भइन्। आयुष्मा तुलाधर दोस्रो र डुना लामा तेस्रो भए।

त्रिभुवन आर्मी क्लबका शिरीष गुरुङले शनिबार २०० मिटरमा स्वर्ण जिते। उनको नाममा २ मिनेट२२.२० सेकेन्डको राष्ट्रिय कीर्तिमान छ। तर शनिबार विजेता हुँदा २ मिनेट ३६.६५ सेकेन्डको समय निकाले। अनुभव सुब्बा दोस्रो र दिवस मानन्धर तेस्रो भए।

२०० मिटर गर्ल्स व्यक्तिगत मिड्लेमा श्रृतिका सिंह पहिलो, निहारिका दोस्रो र टिसा तेस्रो भए। श्रृतिकाले २ मिनेट ५३.४७ सेकेन्डमा दुरी पार गरेकी थिइन्।

२०० मिटर ब्वाइज फ्रिस्टायलमा पनि शिरीषले स्वर्ण जिते। उनले ०२.१०.१५ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हासिल गरे। उक्त इभेन्टमा शिरीषले दुबईमा सन् २०१५मा २मिनेट ०५.७१ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएका थिए। उनी पहिलो हुदाँ दिवस दोस्रो र अनुभव तेस्रो भए।

५० मिटर बे्रस्टस्ट्रोकमा शुभमश्रेष्ठ पहिलो, किरण कार्की दोस्रो र रुपेश चौधरी तेस्रो भए। शुभमले ००.३३.८१ सेकेन्डमा दुरी पुरा गरे। ५० मिटर बे्रस्टस्ट्रोकमा कीर्तिमान बनाएका किरणले भने ००.३४.७१ सेकेन्डमा पुरा गरे। तर किरणले यसै वर्ष भएको २१औं राष्ट्रिय प्रतियोगितामा ००.३२.८१ सेकेन्डको घरेलु कीर्तिमान बनाएका थिए।

१०० मिटर ब्याकस्ट्रोकमा दिवस पहिलो, अनुभव दोस्रो र नितेश मानन्धर तेस्रो भए। १०० मिटर ब्रेस्टस्ट्रोकमा अनुभव पहिलो, किरण दोस्रो र रुपेशले तेस्रो स्थान हासिल गरे। ५० मिटर फ्रिस्टायल गर्ल्समा श्रृतिका पहिलो, निहारिका दोस्रो र टिसा तेस्रो भए।

प्रकाशित: ९ आश्विन २०७३ ०३:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App