८ वैशाख २०८१ शनिबार
समाज

नगरवासीको सुख र समृद्धिका लागि मेयरकाे दण्डबत यात्रा

विराटनगर – नगरवासीको सुख र समृद्धिका लागि विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले दण्डबत प्रमाम यात्रा गरेका छन्। विगत १५ वर्षदेखि छठको वर्तवसी दण्डबत प्रणाम यात्रा गर्दै आएका प्रमुख पराजुलीले यो वर्षको यात्रा महानगर र महानगरवासीको सुख र समृद्धिका लागि गरिएको बताए। 

दण्डवत प्रणम यात्राका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पराजुलीले बिगतमा आफु र आफ्नो पविारका लागि दण्डबत प्रणाम गर्दै आए पनि महानगरको प्रमुख भएपछि महानगरवासीको सुख र समृद्धिका लागि दण्डबतयात्रा गरिरहेको बताएका छन्। उनले आफ्नो चाहना  समृद्धि र शान्ति भएकाले नगर र नगरवासीको समृद्धिका लागि इमान्दार पूर्वक सँधै लागि पर्ने स्पष्ट पारे। छैठीमाताको वर्त बसेर गरेको भाकल पुरा हुने जनविश्वास रहेको छ। 

छैठी माताको वर्त बसी गरिएको  भाकल पुरा हुनेमा आफू पनि विश्वस्त रहेको पराजुलीले बताए।  विराटनगर—४ स्थित शिवपञ्चायन मन्दिरबाट उनले दण्डबत प्रणाम यात्रा सुरू गरेका हुन्। मन्दिरदेखि करिब ३ किलोमिटर टाढा सिंघिया खोलास्थित परोपकार घाटसम्मको यात्रामा उनी अपरान्ह १२ बजे निश्किएका हुन्। यात्रा पुरा गर्न करिब ३ घण्टा लाग्ने पराजुलीले बताए।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App