coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

चीनमा नेवानीलार्इ उडान अनुमति दिन पर्यटनमन्त्रीको आग्रह

तस्बिरः दिपेश श्रेष्ठ

काठमाडौ– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले नेपाल वायुसेवा निगमका विमानलाई चीन उडानको अनुमति दिन चीनका संस्कृति मन्त्री लु शुगाङसमक्ष आग्रह गरेका छन्।

पर्यटन मन्त्रालयमा  दुई समकक्षीबीच भएको छलफलमा अधिकारीले यस्तो आग्रह गरेका हुन्। मन्त्रालयका सहसचिब घनश्याम उपाध्यायका अनुसार चिनियाँ मन्त्रीले अधिकारीको प्रस्ताव चीनका सम्बन्धित निकायमा बहसका लागि प्रस्तुत गर्ने प्रतिक्रिया दिएका छन। 

अहिले नेवानीले चीनमा कुनै पनि उडान भर्न पाइरहेको छैन तर चीनका ४ विमान कम्पनीले नेपाल उडान गरिरहेका छन्। नेवानीले ग्वाङझाउ उडानका लागि पटक पटक चिनियाँ अधिकारी समक्ष प्रस्ताव राखेपनि कुनै प्रगति हुन सकेको छैन। चीनबाट भारतपछि धेरै पर्यटक नेपाल आउने गर्दछन्।

छलफलका क्रममा पर्यटन मन्त्री अधिकारीले नेपालका विभिन्न विमानस्थल निर्माण तथा सुधारमा चीनले उपलब्ध गराएको सहयोगका लागि आभार प्रकट गरेका थिए। 

 

प्रकाशित: २७ कार्तिक २०७५ ०८:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App