८ वैशाख २०८१ शनिबार
राजनीति

सुदूरपश्चिम प्रदेश : सामाजिक विकासमन्त्री साेडारीलार्इ हटाइयाे, सुवेदी बने नयाँ मन्त्री

धनगढी– सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घराज सोडारीलाई पदमुक्त गरिएको छ। उनकाे स्थानमा क्षेत्र नम्बर ४ बाट निर्वाचित नेकपाका प्रदेश सांसद कृष्णराज सुवेदीलार्इ नियुक्त गरिएकाे छ। उनले अाज अपराह्न ४ बजे सपथ लिने कार्यक्रम तय भएकाे छ।

सोडारीलाई पदीय आचरण पुरा नगरेको भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले मंगलवार पदमुक्त गरेको हो। मुख्यमन्त्री त्रिलोचन भट्टका प्रमुख स्वकीय सचिव शिव ओलीका अनुसार सोडारीलाई हटाइएको निर्णय प्रदेश प्रमुख मोहनराज मल्ललाई जानकारी गराई सकिएको छ।

मुख्यमन्त्री भट्टले सोडारीको कार्यशैली सन्तोषजनक नभएको, सामाजिक विकास मन्त्रालयमा फजुल खर्च भएको जनगुनासो लगायत कारणले पदमुक्त गरेको बुझिएको छ। यसअघि तिहारको समयमा मन्त्री सोडारीको गाडीले स्थानीयलाई ठक्कर दिएपछि उनी विवादमा तानिएका थिए। 

नेपाल कम्युनिस्ट पार्टी नेतृत्वमा रहेको प्रदेश नम्बर ३ मा पनि भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई केही दिन अघि मुख्यमन्त्री डोरमणी पौडेलले पदमुक्त गरेका थिए। 

प्रकाशित: २७ कार्तिक २०७५ ०८:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App