७ वैशाख २०८१ शुक्रबार
समाज

सशस्त्रद्वारा छठ घाटहरुको सरसफाइ

रौतहट– मधेसी समुदायको ठूलो पर्व छठको सम्पूर्ण तयारी पुरा भएको छ। छठको पहिलो दिनदेखि छठ पर्वको लागि बनाइएका घाटहरु स्थानीय तथा सशस्त्र प्रहरीको सक्रियतामा सरसफाइ गरी सजाएर चिटिक्क पारिएका छन्। 

आज व्रतालुहरु नदी वा पोखरीमा नुहाएर व्रतको आरम्भ गरेका छन्। नदी वा पोखरीमा स्नान गर्न जान नसक्नेहरुले घरमै नुहाएर व्रतको सुरुआत गरेका छन्। आज अस्ताउँदो सूर्यको पूजा गर्न छठको घाटको निर्माण तथा मरम्मतको काम हरेकजसो गाउँमा एक हप्ता पहिलेदेखि नै चलिरहेको छ।

सशस्त्र प्रहरी वल ११ नम्बर गण रौतहटले आफ्ना मातहतका सबै छठ घाटहरुमा स्थानीयको सहयोगमा मरम्मत तथा सरसफाइ गरेको सशस्त्र प्रहरी उपरिक्षक एसपी कृष्ण ढकालले बताएका छन् । जिल्लाको १६ नगरपालिका र २ गाउँपालिकामा रहेका पोखरी, नदी र तलाउमा वनाइएका छठ घाटहरुमा मातहतका सशस्त्र प्रहरी कर्मचारी स्थानीयसँग गरेर सोमबार देखि नै छठ घाटको सरसफाई गरिएको एपपि ढकालले बताए।

छठ पूजाको लागि घाटमा व्रतालुहरुलाई रातभर जाग्राम बस्न उपयुक्त हुने किसिमले घाटहरुको सुरक्षा व्यवस्था मजवुत वनाईको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताएका छन्।

छठ पर्वको व्रत सुरु भएकोले छठको अवसरमा शान्ति सुरक्षालाई कायम राख्न जिल्लाभर निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपि केदार ढकालले बताए। छठ पर्वको समयमा विगतका वर्षहरुमा भएको अपराधिक घटनालाई लिएर जिल्लाका हरेक छठघाटमा शान्ति सुरक्षा व्यावस्था मजवुत वनाइएको बताए। जिल्लाका चन्द्रनिगाहपुर, गरुडा तथा गौर नगरपालिका तथा राजमार्गमा समेत गस्ति पेट्रोलिँग वढाइएको एसपि ढकालले बताए।

 

प्रकाशित: २७ कार्तिक २०७५ ०७:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App