७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

क्यालिफोर्नियाको डढेलोमा मृत्यु हुनेको संख्या ४२ पुग्यो

प्याराडाइज- अमेरिकाको क्यालिफोर्निया जङ्गलमा लागेको डढेलोमा परी ४२ जनाको मृत्यु भएको छ। डढेलोमा परी दुई सयजना भन्दा बढी हराइरहेको अधिकारीहरुले बताएका छन्। डढेलोको कारण करिब दुई लाख ५० हजार मानिस आफ्नो घर छोडेर भाग्न बाध्य भएको अधिकारीहरुले जानकारी गराएका छन्। उद्धारकर्ताले डढेलोबाट प्रभावितको उद्धार तथा सहयोगका लागि काम गरिरहेको बताइएको छ। राष्ट्रिय मौसम सेवाले यस हप्ताभर नै कडा हावाहुरी आउने र सुख्खा अवस्था रहने अनुमान गरेका छन्। 
डढेलोका कारण उत्पन्न धुँवाले धेरै माइल टाढासम्म आकाश ढाकेको र सूर्यको प्रकाश मुस्किलले मात्र देखिएको छ। भुइँमा आगोको चपेटामा परेका कार डढेर ध्वस्त भएको र आगोको लप्काले बिजुलीका तारमा क्षति पुगेको छ।  
डढेलो प्रभावित क्षेत्रका हजारौ व्यक्तिलाई उक्त ठाउँ छोडेर अन्यन्त्र जान आह्वान गरिएको छ। बिहीबार बिहान सुरु भएको डढेलो प्रचण्ड गर्मी र हावाहुरीका कारण अत्यधिक चाँडो फैलिएको थियो। 
डढेलो लागेको जङ्गलमा विगत लामो समयदेखि आगो लागिरहेको बताइएको छ। समय समयमा सरकारले आगो निभाएको बताए पनि पूर्णरुपमा जङ्गलको डढेलो नियन्त्रण हुन नसक्दा मानिसको मृत्यु भइरहेको छ।  

क्यालिफोर्नियाको इतिहासमा यो निकै ठूलो आगलागी भएको जनाइएको छ। आगोले ६ हजार भन्दा धेरै घरमा क्षती पुगेको वासिङटन पोष्टले उल्लेख गरेको छ।

 

 

प्रकाशित: २७ कार्तिक २०७५ ०७:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App