coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

दुर्घटनामा परी १ जनाको मृत्यु

दाङ – पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–१ पाखापानीमा गए राति लु२१प ५३४८ नं को मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बेल पाण्डेका अनुसार मृत्यु हुनेमा अन्दाजी ६० वर्षीय पुरुष रहेका छन्। मृतकको सनाखत हुनसकेको छैन। उनको शव प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा राखिएको छ। दुर्घटनामा परी प्यूठानको माण्डवी गाउँपालिका–१ कुमलटारका २० वर्षीय कमल अधिकारी घाइते भएका छन्। उनलाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर लगिएको छ। (रासस)

प्रकाशित: २७ कार्तिक २०७५ ०६:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App