८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

व्यापार सम्झौता अनुमोदन

हनोई – भियतनामले यसै वर्षको अन्त्यदेखि लागू हुने बहुचर्चित प्रशान्त व्यापार सम्झौतालाई अनुमोदन गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौताबाट अलग हुने घोषणा गरे पनि सम्झौता अनुमोदन गर्ने भियतनाम सातौं राष्ट्र हो।

वासिङ्टनबाहेकको यस ट्रान्स–प्यासिफिक पार्टनरसिप (टिपिपी) मा हाल ११ मुलुक सहभागी छन् । सम्झौतामा सामान्य हेरफेर गरिएको छ र यसमा विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको संयुक्त राज्य अमेरिकालाई कुनै पनि समय सहभागी हुने ढोका खुला गरिएको छ । सम्झौतालाई अस्ट्रेलियाले गत महिना अनुमोदन गरेको थियो । सदस्य राष्ट्रमध्ये आधाभन्दा बढीले अनुमोदन गरिसकेका कारण अब यो सम्झौता डिसेम्बरको अन्त्यबाट प्रयोगमा आउने छ।

भियतनामको संसद्मा भएको मतदानमा सर्वसम्मतिले विधेयकलाई अनुमोदन गरिएको थियो । सम्झौतालाई अमेरिकी पूर्वराष्ट्रपति बाराक ओमाबाले अघि बढाएका थिए । यो सम्झौताबाट चीनको बढ्दो विश्व आर्थिक सामथ्र्यसँग जुध्ने विश्वास गरिएको थियो।

प्रकाशित: २७ कार्तिक २०७५ ०१:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App