coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सेन्चुरी सुपर सिक्स मंसिर १० बाट

काठमाडौं – एसएस इभेन्ट्सको आयोजना र सेन्चुरी बैंकको प्रायोजनमा मंसिर १० गतेबाट पाँचाैं संस्करणको सेन्चुरी बैंक कर्पोेरेट सुपर सिक्स क्रिकेट आयोजना हुने भएको छ।

मंसिर १५ गतेसम्म चल्ने प्रतियोगिताका सम्पूर्ण खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा खेलाइने आयोजकले बताएको छ । प्रतियोगिताका खेल ५ ओभरका हुनेछन्।

प्रतियोगितामा  सहभागी २४ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शीर्ष दुई टोली अन्तिम १६ मा प्रवेश गर्नेछन् । प्रतियोगिताको विजेताले आगामी संस्करणमा निशुल्क प्रतिस्पर्धा गर्न पाउनेछ।

प्रतियोगिताका उत्कृष्ट बलर, ब्याट्सम्यान, फिल्डर र म्यान अफ दी सिरिजले पनि आकर्षक उपहार हात पार्नेछन् । सिभिल बैंक प्रतियोगिताको साबिक विजेता टोली हो।

प्रकाशित: २७ कार्तिक २०७५ ००:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App