coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

छोराको खुकुरी प्रहारबाट वृद्ध बाबु घाइते

खोटाङ – खोटाङमा वृद्ध बाबुलाई खुकुरी प्रहार गरी घाइते बनाउने छोरा पक्राउ परेका छन्। ६९ वर्षीय वृद्ध बुबा कालीबहादुर कट्वाललाई खुकुरी प्रहार गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका २८ वर्षीय बिसन कट्वाल पक्राउ परेका हुन्। सोमबार दिउँसो खुकुरी प्रहार गर्ने बिसनलाई घट्ना लगत्तै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए।

मानसिक सन्तुलन गुमाएका बिसनको खुकुरी प्रहारबाट बृद्ध बाबुको हात, ढाड लगायत शरीरका अन्य भागमा चोट लागेको छ। घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। 

 

प्रकाशित: २६ कार्तिक २०७५ १४:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App