coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

विश्व महिला बक्सिङमा सहभागी हुने टाेलीकाे बिदाइ

काठमाडौं - आईबा विश्व महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली बक्सिङ टोली मंगलबार भारतको नयाँ दिल्ली जाने भएकाे छ। नोभेम्बर १५ देखि २४ तारिखसम्म हुने प्रतियोगितामा विमला श्रेष्ठले ५१ केजी तथा पुनम रावलले ६० केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्। प्रशिक्षकमा लालबहादुर पौडेल तथा व्यवस्थापकमा नेपाल बक्सिङ संघका सदस्य लक्ष्मण कार्की रहेका छन्। प्रतियोगितामा ६० बढी राष्ट्रको सहभागिता रहने बताइएको छ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट, राखेपका सदस्य अर्जुनबहादुर केसी, बक्सिङ संघका अध्यक्ष राम अवाले, कीर्तिमानी पूर्व धावक बैकुण्ठ मानन्धरलगायतले एक कार्यक्रमबीच सोमबार बिदाइ गरे। सो अवसरमा अध्यक्ष अवालले आफ्नो परिवारका तर्फबाट नगद पुरस्कारको पनि घोषणा गरे। खेलाडीलाई एक बाउट जितेमा २५ हजार, दुई बाउट जितेमा ७५ हजार र पदक जितेमा २ लाख नगद पुरस्कार प्रदान गर्ने घोषणा गरिएको थियो।

प्रकाशित: २६ कार्तिक २०७५ १३:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App