८ वैशाख २०८१ शनिबार
खेल

रकम अभावमा निर्माणाधिन कवर्डहल अलपत्र

बाजुरा - रकम अभावमा मार्तडीमा रहेको कवर्डहल निर्माण कार्य अलपत्र परेको छ। कवर्डहल निर्माणका लागि कतैबाट पहल नगरिदा निर्माण कार्य बीचमै अलपत्र परेको हो। कवर्डहल निर्माणको कार्य अढाई वर्षदेखि अलपत्र परेको छ। विसं २०७३ सालमा तत्कालिन नेकपा एमालेका उपाध्यक्ष भीम रावलले कवर्डहलको निर्माण शिलान्यास गरेका थिए भने तत्कालिन पोलिटव्यूरो सदस्य  कर्णबहादुर थापाले निर्माणको अगुवाइ गरेका थिए।

निर्वाचन क्षेत्र विकास कार्यक्रमकै ४५ लाख बजेट विनियोजन गरेर कवर्डहल निर्माणको कार्य सुरु गरिएको थियो। खेल क्षेत्रको विकास र युवाहरुलाई खेल क्षेत्रतर्फ आकर्षित गराउने उद्देश्यका साथ कवर्डहल निर्माण थालनि गरिएको थियो।

कवर्डहल २ हजार ८ सय १५ वर्गमिटर क्षेत्रफलमा निर्माण हुन लागेको हो। प्राविधिकहरुले पुरै निर्माण गर्न १ करोड ९४ लाख खर्च लाग्ने बताएका थिए। निर्माणका लागि खेल विकास परिषद्बाट ४० लाख रकम लगानी भएको छ। तर त्यो बाहेक थप लगानी लगाउन कसैले पहल नगर्दा निर्माण कार्य बीचमै रोकीएकोे खेलकुद विकास समितिले बताएको छ।

नगरपालिकाले कवर्डहल निर्माणमा बेवास्ता गरेको छ भने निर्वाचित सांसद र प्रदेश तथा संघीय सरकारले समेत निर्माणमा ठोस पहल नगरेको स्थानीयले बताएका छन्।

यता वडीमालिका नगरपालिकाका प्रमुख पदम बडुवालले भने निर्माणका लागि आफूसँग सहकार्य नभएको र जिम्मेवारी दिन खेलकुद समितिले समेत चासो नदेखाएको कारण नगरपालिकाले लगानी नगरेको बताए। खेलप्रेमिहरु खेल मैदान नभएको र निर्माण सुरु गरेको कवर्डहल समेत अलपत्र परेको भन्दै आक्रोशीत बनेका छन्।

कवर्डहल निर्माणका लागि यो वर्ष २० लाख बजेट केन्द्रीय सरकारबाट छुट्याएर काम सुचारु गर्ने तयारी भईरहेको प्रतिनिधि सभा सदस्य लालबहादुर थापाले बताए। बीचमा केही समय निर्माण रोकिएपनि यो वर्षबाटै निर्माणको कामले गति लिने उनले दाबी गरे। सदरमुकाममा सामान्य खालको खेल मैदान समेत नहुँदा मालिका नमुना माविसँग मैदानका लागि गुहार गर्नु पर्ने बाध्यता रहेकाे छ।

प्रकाशित: २६ कार्तिक २०७५ ११:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App