coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
फोटो फिचर

तराईमा छठको रौनक (फाेटाे फिचर)

लहान - तराईका जिल्लामा छठ पूजाको तयारी भइरहेको छ। छठका लागि पोखरी, ताल, नदीमा छठ घाट बनाउने काम भइरहेको छ। मंगलबार अस्ताउँदो सूर्यलाई अर्घ दिन व्रतालुहरु पोखरी, ताल, नदी किनारमा बनाइएको छठ घाटमा अाउँछन्। जसका लागि नदी, खोला, तालको सरसफाई र सजावटको काम भइरहेको छ भने छठका लागि अावश्यक पर्ने सरसामग्रीहरु जुटाउनमा व्रतालुहरु व्यस्त भएका छन्।

लहान नगरपालिकाको रघुनाथपुर पोखरी र खुट्टी खोला घाटमा अहिले पन्डाल लगाउने, सजावट र सरसफाइ गर्ने काम भइरहेको छठ पूजा समितिका अध्यक्ष भुवनेश्वर महतोले बताए। छठ पूजाका दिन आउने श्रद्धालु, दर्शनार्थी र व्रतालुका लागि रात्रि बसाइको व्यवस्था र सुरक्षाको व्यवस्था मिलाउने काम समेत अन्तिम चरणमा पुगेकाे छ।

छठको घाट निर्माणस्थल तथा बजारहरुमा समेत छठकै गीतसंगीत गुञ्जिरहेका छन्।
‘उग हो सुरुज देव भोर भिनुसरबा
अर्घ के रे बरबा पुजनके रे बेरबा हो...’

आइतबार नहाय खाय गरी विधिवतरुपमा सुरु भएकाे घठ पर्वमा साेमबार खरना मनाइदै छ। मंगलबार सौझका अर्घ (अस्ताउँदो सूर्यलाई अर्घ दिने) र बुधबार भोरका अर्घ (उदाउँदो सूर्यलाई अर्घ) दिएपछि छठ पर्व विधिवत रुपमा सम्पन्न हुन्छ।

छठ तयारीका तस्बिरहरु : (तस्बिर: मिथिलेश/नागरिक)

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App