४ वैशाख २०८१ मंगलबार
अर्थ

नेप्सेमा आजपनि दोहोरो अंकको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेजन्ज (नेप्से) परिसूचक आज सोमबार पनि दोहोरो अंकले घटेको छ। १३.०३ अंकले घटेर नेप्से परिसूचक ११ सय ९२.७५ मा ओर्लिएको छ।

कुल कारोबारमा भने तुलनात्मक रुपमा सामान्य सुधार आएको छ। आज १३१ कम्पनीका ४ लाख ४३ हजार ३५५ कित्ता शेयर १३ करोड ३८ लाख १९ हजार ४६२ रुपैयाँमा कारोबार भएको नेप्सेले जनाएको छ।
समूहगत सूचकतर्फ वित्त समूह सामान्य बढे पनि बाँकी सबै समूह सूचकमा गिरावट आएको छ। सबैभन्दा धेरै निर्जीवन बिमा समूह १०१ अंकले घटेको छ भने जीवन बिमा समूह करिब ९२ अंकले घटेको छ। बैंकिङसमूहमा १० अंकको गिरावट आएको नेप्सेले जनाएको छ। 

कारोबारमा अग्रता कायम गरिरहेको प्रभू बैंकको आज पनि १ करोड २५ लाख ९० हजार रुपैयाँको कारोबार भएको छ। दोस्रोमा स्ट्याण्डर चार्टर बैंकको ५८ लाख २८ हजार रुपैयाँको कारोबार भयो।

 

प्रकाशित: २६ कार्तिक २०७५ १०:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App