coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सुजाता निवासमा देउवासँग असन्तुष्टको लञ्च बैठक

काठमाडौं- नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला निवासमा सभापति शेरबहादुर देउवासँग असन्तुष्ट नेताहरुको लञ्च बैठक भएको छ।

महासमिति बैठक नजिकिँदै गर्दा कोइराला निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, शेखर कोइराला, रामशरण महतबीच छलफल भएको थियो।  

पार्टी सभापति शेरबहादुर देउवा एकलौटी ढंगबाट अघि बढिरहेको अवस्थामा नेताहरुबीच छलफल भएको रामशरण महतले बताए। पार्टी उपसभापतिको चयन पनि एकलौटी ढंगबाट भएको विषयमा नेताहरुले असन्तुष्टि जनाएको उनले बताए। कांग्रेस केन्द्रिय समितिले उपसभापतिमा विजय गच्छदारलाई मनोनित गरेको थियो। सभापतिको कामकारबाही सहमतिको मर्म विपरित भएको नेताहरूले निष्कर्ष निकालेका छन्। पार्टीको विधान संशोधनबारे पनि छलफल भएको महतले बताए।

बैठकमा कृष्ण सिटौलालाई बोलाइएको भए पनि राजधानी बाहिर भएकोले उनी उपस्थित हुन सकेनन्। गच्छदारलाई उपसभापति मनोनित गरेपछि कांग्रेसमा पौडेल र सिटौला समूह असन्तुष्ट रहँदै आएका छन्।

 

 

 

 

 

प्रकाशित: २६ कार्तिक २०७५ ०९:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App