८ वैशाख २०८१ शनिबार
राजनीति

पार्टी नेतृत्व सच्चिनु पर्छ : खनाल

दमक – नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टी नेतृत्वको कमजोरी नसच्चिएसम्म एकताले मूर्तरूप लिन नसक्ने बताएका छन्। गृहजिल्ला जाने क्रममा बिर्तामोडमा पत्रकारहरूसँग उनले नेतृत्वको खुलेरै विरोध गरेका हुन्।

खनालले पार्टी एकता भएको लामो समयसम्म पनि कमिटीहरू एकता हुन नसकेकोमा विरोध जनाएका छन्। ‘पार्टी एकता भएको ६ महिना बढी भइसक्यो नेतृत्वले एकताको भाव तलसम्म पु-याउन सकेका नै छैनन्,’ उनले भने, ‘नेतृत्वको समस्याका कारण स्थायी कमिटी बैठक बारम्बार सर्ने गरेको छ।’ उनले एकताको काम तत्काल अघि बढाउनु पर्ने आवश्यकता भए पनि नेतृत्वले अहिले सम्म त्यता पार्टी नसोचेको बताए।

उनले सबै कमिटी भंग गरेपछि पार्टी काम चलायमान हुन नसकेको उल्लेख गरे। ‘सबै कमिटी भत्काइएका छन्, कार्यकर्ता जिम्मेवारीविहिन छन्, उनले भने, जनवर्गिय संगठन पनि एकता भएका छैनन, यसबाट कोही सन्तुष्ट छैन,’ उनले भने। उनले तत्काल एकताको काम सम्पन्न गर्नुपर्ने उल्लेख गरे। पूर्व प्रधानमन्त्री खनालले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दै भने, ‘कहिले बिरामी हुने कहिले विदेश जाने भनेर पार्टी बैठक सारिएका छन्, यसले कार्यकर्तामा ठूलो निराशा पैदा गरेको छ।’

खनालले पार्टी र सरकारको समेत आलोचना गरेका छन्। उनले सरकारको गतिविधिबारे बैठकमा छलफलै नहुने गरेको गुनासो गरे। प्रधानमन्त्री ओलीको गृह जिल्लामा उनले भने, ‘पार्टीका बैठक नियमित नभएका कारण कतिपय काम कारबाही चित्त बुझ्न सकेको छैन।’

प्रकाशित: २६ कार्तिक २०७५ ०१:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App