८ वैशाख २०८१ शनिबार
समाज

ट्याक्टर दुर्घटनामा ३ को मृत्यु, ३२ घाइते

दुर्घटनामा परी घाइते भएका यात्रु। तस्बिर : राेहित/नागरिक

धरान - पिकनिक खाएर फर्कदै गरेको ट्याक्टर नयाँ कोशी पुल नजिकै दुर्घटना हुँदा उदयपुर जिल्लाको बेलका नगरपालिका २ का ३ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।

मृत्यु हुनेमा बेलका २ की करिब १९ बर्षीय विनिता चौधरी, २० बर्षीय इन्द्र चौधरी र २० बर्षीय दिपिका चौधरी रहेका छन्। उनीहरुको उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रतिष्ठानस्थित प्रहरी पोष्टका इञ्चार्ज एवं प्रहरी नायक निरीक्षक तिलक गिरीले जानकारी दिए। ‘चतरामा पिकनिक खाएर फर्कदै गर्दा एउटा ट्याक्टर दुर्घटना भएको रहेछ, ३ जनाको मृत्यु भएको छ, ३१ जनाको उपचार भइरहेको छ,’ गिरीले भने।

प्रहरीका अनुसार घाइते ३२ मध्ये ७ जनाको अवस्था चिन्ताजनक छ भने २४ जना सामान्य अवस्थामा छन्। घाइते मध्ये ७ जना बच्चाहरुको बाल आकस्मिक कक्षमा उपचार भइरहेको छ। पिकनिक खान उनीहरु २ वटा ट्याक्टरमा आएको र त्यसमध्ये एउटा दुर्घटना भएको गिरीले जानकारी दिए। दुर्घटना कसरी भयाे भन्ने बारे अनुसन्धान भैरहेकाे प्रहरीले जनाएकाे छ।

प्रकाशित: २५ कार्तिक २०७५ १४:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App