विश्वका ६६ भन्दा बढी देशका नेताहरु पेरिसमा आयोजित प्रथम विश्वयुद्धको शतवार्षिकी समारोहमा सहभागी भएर दुइ मिनेटको मौनधारण गरेका छन्।
लाखौंको ज्यान लिएको प्रथम विश्वयुद्ध अन्त्य भएको शतवार्षिकी समारोहमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, जर्मन चान्सलर एंगेला मर्केल, रुसी राष्ट्रपित भ्लादिमिर पुटिन, फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रों सहित ६६ भन्दा बढि देशका नेताहरु पेरिसमा भेला भएका छन्। विश्व युद्धमा मारिएका अज्ञात सैनिकहरुको सम्झनामा गरिएको विशेष कार्यक्रमको नेतृत्व फ्रान्सका राष्ट्रपति म्याक्रोंले गरे। आर्क डे ट्रायम्फमा आयोजित समारोह तर्फ नेताहरु बढ्दा युद्धक विमान उनीहरुका टाउकै माथिबाट उडाइएका थिए।
प्रथम विश्वयुद्धमा तीस देशका ५० लाख मानिस लडेका थिए भने ९० लाख मानिस मारिएका थिए। मारिएका मध्ये एक तिहाइ विभिन्न रोगका कारण मरेका थिए। विश्वयुद्धकै क्रममा सन् १९१८ मा स्पेनिश फ्लुको महामारी विश्वभर फैलिएको थियो।
अष्ट्रो–हंगेरी सामाज्यका उत्तराधिकारी आर्कड्युक फ्रान्ज फर्डिनान्डको सन् १९१४मा हत्या भएपछि बाल्कन क्षेत्रबाट सल्केको युद्ध युरोप हुँदै विश्वमा फैलिएको हो।
प्रथम विश्वयुद्धमा तीस देशका ५० लाख मानिस लडेका थिए भने ९० लाख मानिस मारिएका थिए। मारिएका मध्ये एक तिहाइ विभिन्न रोगका कारण मरेका थिए। विश्वयुद्धकै क्रममा सन् १९१८ मा स्पेनिश फ्लुको महामारी विश्वभर फैलिएको थियो।
युद्धका बेला जर्मनी, अष्ट्रिया–हंगेरी, बुल्गेरिया र ओटोमन साम्राज्य एकातिर थिए भने ब्रिटेन, फ्रान्स, रुस, इटली, रोमानीया, जापान र अमेरिका अर्कोतर्फ थिए। प्रथम विश्वयुद्धमा सेनाको नयाँ प्रविधि, ट्रेञ्च युद्धको विगविगी, ध्वंस र हिंसाका अकल्पनीय नरसंहारका दृश्य देखिएका थिए। शक्ति राष्ट्रहरुको गठबन्धनले युद्ध जितेको घोषणा गरेपनि सैनिक र गैरसैनिक गरि १ करोड ६० लाख मानिस मारिएका थिए।
प्रथम विश्वयुद्धमा सबैभन्दा धेरै प्रभावित मुलुकहरुमा जर्मनी र फ्रान्स थिए। यी दुवै मुलुकले १५ देखि ४९ वर्ष उमेरका झन्डै ८० प्रतिशत पुरुषलाई युद्धमा सहभागी गराएका थिए। यी दुवै मुलुकले एक सय वर्षपछि पनि आपसमा मेलमिलाप दर्शाउने एउटा शिलालेख अनावरण गरेका छन्। फ्रान्सका राष्ट्रपति र जर्मन चान्सलर प्रथम विश्वयुद्ध अन्त्य भएको सम्झौतामा हस्ताक्षर गरिएको फ्रान्सको कम्पेनिया शहरदेखि नजिकै पर्ने एउटा जंगलमा पुगेर शिलालेख अनावरण गरेका थिए। म्याक्रों र मर्केलले एक सय वर्षअघि एउटै रेलमा युद्धविराम सम्झौता गरिएझै दुइ नेताले प्रतीकात्मक रुपमा रेलमै स्मृतिपुस्तिकामा हस्ताक्षर गरे।
प्रथम विश्वयुद्धमा सबैभन्दा धेरै प्रभावित मुलुकहरुमा जर्मनी र फ्रान्स थिए। यी दुवै मुलुकले १५ देखि ४९ वर्ष उमेरका झन्डै ८० प्रतिशत पुरुषलाई युद्धमा सहभागी गराएका थिए।
प्रथम विश्वयुद्धका दौरान जर्मनी, अष्ट्रिया–हंगेरी, रुस र टर्कीका राजवंश ढलेका थिए। प्रथम विश्वयुद्धले कामकाजी परिवेशमा परिवर्तन ल्याएको थियो। सबैजसो पुरुषलाई युद्धमा होमेपछि लाखौं महिलाहरु घरेलु कामका अतिरिक्त अन्य कार्यक्षेत्रमा प्रवेश गरेका थिए।
शतबार्षिकी समारोह मनाउन ब्रिटेनमा पनि विभिन्न स्तरमा मौनधारण गरिएको छ। आइतवार ब्रिटेनमा प्रथम विश्वयुद्धको सम्झनामा विविध कार्यक्रमहरु गरिएका छन्। गिर्जाघर र अन्य ठाउँमा रहेका घण्टा युद्धअन्त्य भएको समयमा बजाइदै छन्। त्यहाँ सैन्य सेवा एवं सार्वजनिक सेवामा रहेका व्यक्तिहरुले पप्पी फूलको ब्याच लगाउने गर्दछन्। प्रथम विश्वयुद्धको अन्त्य सन् १९१८ को ११ औं महिना, ११ औं दिन र ११ बजे भएको थियो। यहि समय पारेर स्मृति कार्यक्रमहरु भइरहेका छन्।
प्रकाशित: २५ कार्तिक २०७५ १३:२५ आइतबार