८ वैशाख २०८१ शनिबार
समाज

जीप दुर्घटनामा बेपत्ता अमिनाको अवस्था छैटौं दिनसम्म पनि अज्ञात

डोल्पा- जीप दुर्घटनामा वेपत्ता अमिना बुढामगरको दुर्घटनाको छैटौं दिनसम्म पनि अवस्था अज्ञात रहेको छ। डोल्पाको सदरमुकाम दुनैदेखि त्रिपुरासुन्दरी नगरपालिकाको सुँपानी सम्मको लागि गएको भे १ च १६१० नम्बरको जीप ठुलीभेरी नगरपालिकाको वार्ड ९ मा पर्ने कालागौडा स्थित बतासे डाँडामा कार्तिक १९ गते दुर्घटना  भएको थियो।

जीप दुर्घटना हुँदा सवार १३ जना यात्रु मध्ये १० जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए।

जीपमा सवार त्रिपुरासुन्दरी नगरपालिका ९ की २१ वर्षीया अमिना बुढामगरको घटनास्थलमा ब्याग र सल भेटिए पनि उनको बारे थप जानकारी प्राप्त हुन सकेको थिएन।

जीप सडकबाट ठुलीभेरीको बिचमा खसेकाले नदिमा बगेको हुन सक्ने आशंकामा खोजीको लागि काठमाडौंबाट आएका दुई जना गोताखोरको टोली, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी कार्यलाई तीब्र पारेका छन्।

जीप दुर्घटनास्थल बतासे डाँडाको आसपासको नदि क्षेत्र भेत्ति,सुपानी, नाँधा त्रिपुराकोट हुँदै खदाङ्ग भेरीनदि आसापासको क्षेत्र किनारमा कठाँग्रिदो जाडोको समेत प्रवाह नगरि खोजी कार्यलाई जारि राखिएको शसस्त्र प्रहरीका इन्सपेक्टर शंकर तिवारीले बताए।

जीप दुर्घटनामा परि बेपत्ता अमिना बुढामगर जिल्ला अदालत डोल्पामा करार तामेलदारमा कार्यरत थिइन्।

प्रकाशित: २५ कार्तिक २०७५ १२:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App