coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

फिना वर्ल्डकपमा सहभागिता जनाउने पौडी खेलाडीकाे बिदाई

काठमाडाैं - सिंगापुरमा आयोजना हुने फिना वर्ल्डकप २०१८ मा सहभागी हुन जाने नेपाली पौडी टोलीलाई नेपाल पौडी संघका महासचिव जगतमान श्रेष्ठले बिदाई गरेका छन्।

यही नोभेम्बर १५ देखि १७ सम्म आयोजना हुने प्रतियोगितामा खेलाडी तर्फ डुवाना लामा, उपास्ती महर्जन तथा साईद हम्जा शाह, प्रशिक्षकमा रत्नलाल महर्जन तथा व्यवस्थापकमा बिष्णु खड्काले सहभागिता जनाउँदै छन्। प्रतियोगितामा डुवाना र उपास्तीले ५० मिटर फ्रि स्टायल तथा ५० र १०० मिटर बेष्ट स्ट्रोक र शाहले ५० मिटर फ्रि स्टायल तथा ५० र १०० मिटर बेष्ट स्ट्रोक र ५० र १०० मिटर बटरफ्लाईमा प्रतिस्पर्धा गर्नेछन्। याे सबै खेलाडीको पहिलो अन्तर्राष्ट्रिय सहभागिता हो।

बिदाई कार्यक्रममा नेपाल पौडी संघका सचिव एवं बरिष्ठ प्रशिक्षक ईश्वर कार्की, पूर्व प्रमुख प्रशिक्षक वाङ्गदेन लामा र प्रमुख प्रशिक्षक शंकर कार्कीको समेत उपस्थिती रहेको थियो। टोलीलाई बिदाई गर्दै महासचिव श्रेष्ठले सफलताकाे शुभकामना दिए। नेपाली टोली आईतबार नै त्यस तर्फ प्रस्थान गरेकाे छ।

प्रकाशित: २५ कार्तिक २०७५ ११:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App