६ वैशाख २०८१ बिहीबार
समाज

तनहुँमा बस दुर्घटना, ३७ यात्रु घाइते

तनहुँ - भिमादबाट चितवन तर्फ जाँदै गरको ग १ ख ५८४७ नम्वरको  बस दुर्घटनामा परेकाे छ। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ स्थित घाँसीकुँवामा बस अनियन्त्रित भइ दुर्घटना भएकाे हाे। दुर्घटनामा ३७ यात्रु घाइते भएका छन्। बस राजमार्गवाट ३० मिटर तल खोचमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।  घाइतेको प्रहरी र स्थानीयले उद्धार गरेका थिए।

घाइतेमध्ये ३३ काे तनहुँ स्थित दमौली, रत्नहरी र व्याससिटी अस्पतालमा उपचार गरिएको छ भने ४ यात्रुलार्इ मणिपाल अस्पताल पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका  प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

 

प्रकाशित: २५ कार्तिक २०७५ ०९:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App