coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

न्यूनचापीय क्षेत्रको प्रभावले वर्षा, सोमबारदेखि सुधार हुने

काठमाडौँ-भारतको आन्द्र प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रको विकासको प्रभावले नेपालको मौसममा खरावी आएको छ।

उक्त प्रणालीसँगै नेपालमा वायु दक्षिण पूर्वी र दक्षिणी बहेका कारण मौसम बदली भई देशका अधिकांश भेगमा वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण खासगरी देशका मध्य र पूर्वी भेगमा भारी वर्षात् भएको मौसमविद् सुवास रिमालले जानकारी दिए।

“गएरातिदेखि सुरु भएको यो प्रणालीको बढी असर पूर्वी भेगमा छ, मध्य र पश्चिममा केही कम देखिन्छ, भोलि आइतबार पनि मध्य र पूर्वी भेगमा दिउँसोसम्म असर रहनेछ, सोमबारदेखि क्रमिक रुपमा सुधार आउनेछ” – उनले भने। पूर्वी भेगमा आज राति भारी वर्षा हुने बताइएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सबैभन्दा बढी दाङमा ७६ मिलीलिटर वर्षात् भएको छ । काठमाडौँमा १२.५, विराटनगरमा ९.७, पोखरामा २५.९ र नेपालगन्जमा २२.२ मिलिलिटर वर्षा भएको छ ।

आज काठमाडौँको अधिकतम तापक्रम २४.५ र न्यूनतम १८.५ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ । रासस

 

प्रकाशित: ८ आश्विन २०७३ १४:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App