७ वैशाख २०८१ शुक्रबार
खेल

इमामको चोटले पाकिस्तानको जित खल्लो

अबुधाबी (एएफपी) – ओपनर इमाम उल–हकको चोटका कारण शुक्रबार पाकिस्तानले दोस्रो एकदिवसीय खेलमा न्युजिल्यान्डमाथि हात पारेको ६ विकेटको जित खल्लो बनेको छ।

इमाम १६ रनमा खेलिरहँदा न्युजिल्यान्डका तीव्र गतिका बलर लुकी फर्र्गुसनको सटबल उनको टाउकोमा लागेको थियो। त्यसको  केही समयमा उनी मैदानमा ढलेका थिए । उनलाई तत्काल अस्पताल पु-याइएको थिए।

पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले इमामको टाउकोको सिटी स्क्यान गरिएको र उनको स्वास्थ्य  खतरामुक्त भएको बताए पनि उनलाई ४८ घण्टा चिकित्सकको निगरानीमा राखिने बताएको छ।

‘इमामको चोट गम्भीर छैन,’ पिसिबीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उनी हाल चिकित्सकको निगरानीमा छन्।’

न्युजिल्यान्डले प्रस्तुत गरेको २ सय १० रनको लक्ष्य पाकिस्तानले ४०.३ ओभरमा मात्र ४ विकेट गुमाउँदै पूरा गरेको थियो।

पाकिस्तानका लागि ओपनर फखर जमानले ८८ र बाबर आजमले ४६ रनको योगदान गरे। अर्का ओपनर रिटायर्ड हर्ट भएपछि ब्याटिङका लागि आएका बाबरसँग जमानले दोस्रो विकेटका लागि १ सय ५५ रनको साझेदारी गरेका थिए । ८८ बल खेलेका जमानले ११ चौका प्रहार गर्दा ५० बलको सामना गरेका बाबरले ५ चौका प्रहार गरेका थिए । त्यस्तै मोहम्मद हाफिजले अविजित २७ रन बनाए। यस जितसँगै पाकिस्तानले तीन एकदिवसीय खेलको शृंखला १–१ को बराबरीमा ल्याएको छ।

न्युजिल्यान्डका फर्गुसनले ३ र एस सोडीले १ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ९ रनको योगफल तयार पारेको थियो। न्युजिल्यान्डका रस टेलरले अविजित ८६ र हेनरी निकोल्सनले ३३ रनको योगादन गरे। १ सय २० बल खेलेका टेलरले ३ चौका र १ छक्का प्रहार गर्दा ६३ बलमा हेनरीले १ चौका प्रहार गरे।

पाकिस्तानका साहिन अफ्रिदीले ४ र हसन अलीले २ विकेट लिए।

इमाम १६ रनमा खेलिरहँदा न्युजिल्यान्डका तीव्र गतिका बलर लुकी फर्र्गुसनको सटबल उनको टाउकोमा लागेको थियो। त्यसको  केही समयमा उनी मैदानमा ढलेका थिए। उनलाई तत्काल अस्पताल पु-याइएको थिए।

प्रकाशित: २५ कार्तिक २०७५ ०४:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App