coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

संविधान संशोधन हुन सक्दैन भन्नु मुर्खता: डा. भट्टराई

कार्यक्रममा बोल्दै डा. भट्टराई। भिडियो: प्रबिन कोइराला

काठमाडौं — नयाँ शक्ति नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उनले संविधानमा उल्लेख भएको नेपालको स्वाधीनता र  सार्वभौमिकता बाहेका अरु सबै बुँदा संशोधन गर्न सकिने बताएका छन्। नयाँ शक्ति नेपाल प्रदेश नम्बर ३ ले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै डा.भट्टराईले संविधान  सामाजीक र गतिशिल दस्ताबेज भएकाले संसोधन नै हुन सक्दैन भन्नु मुर्खता भएको बताए।

उनले छिटो भन्दा छिटो संविधान संधोधन गर्दै संविधान कार्यान्वयनको बाटोमा लैजान पर्ने बताए । उनले भने ‘ छिटो भन्दा छिटो आन्दोलनरत पक्षको मागलाई संबोधन गर्दै संविधान संशोधन गर्दै संविधान कार्यान्वयनको बाटोमा लानु आवश्यक छ नत्र देशमा गम्भिर खतरा आउन सक्छ। भट्टराईले सम्पूर्ण पार्टीहरु दलगत स्वार्थ भन्दा माथी उठेर अगाडि बढे मात्र देशले सम्बृद्धिको बाटोमा लाग्ने बताए। उनले देशमा राजनीतिक अस्थीरता रहेको भन्दै दलहरुले सत्तालाई मात्र प्राथमिकता दिदाँ देश आज यो अवस्थामा आएको बताए।

विभिन्न दल तथा समूहसंग विगतमा गरेको  सम्झौता संविधानमा समावेश नगरिनु गल्ति भएको उनको भनाई थियो।

संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका डा .भट्टराईले सरकार र राजनीतिक दलले हतारमा संविधान जारी गरेको बताए। उनले भने ‘ तत्कालीन सरकार र राजनीतिक दलले विगतमा आन्दोलनरत मधेसी , थारु ,आदिवासी ,जनजाती  लगायतका समूहसंग भएका सम्झौतालाई समावेश नगरि संविधान गर्नुको कारणा  संविधान जारी भएको १ वर्ष सम्ममा पनि संविधान कार्यान्वयनको बाटोमा जान सकिएन।'

कार्यक्रममा बोल्दै माओवादी केन्द्रका नेता नारायणकाजी श्रोष्ठले संविधानमा केहि कमीकमजोरी भएको भन्दै आन्दोलनरत पक्षसँग वार्ता तथा संवादको माध्यमबाट समस्याको समाधान गरिनु पर्ने बताए। उनले भने ‘ संवाद र वार्ताको माध्यमबाट समस्याको समाधान गर्दै आन्दोलनरत पक्षको मागलाई संविधानमा संशोधन गर्न सकिन्छ। उनले संविधान संसोधनमा अल्झिनु भन्दा यसको कार्यन्वयन गरि तोकीएको समयमा तीन तहको निर्वाचन गर्नु पर्नेमा जोड दिए। उनले भने ‘तोकिएको समयमा तीन तहको निर्वचन नभए देश संवैधानीक संकट आउने खतरा छ त्यसैले संविधान कार्यन्वनको बाटोमा लाग्न राजनीतीक सहमतीको आवश्यक छ।

त्यस्तै नेपाली कांग्रेस नेता डा. मिनेन्द्र  रिजालले  संवादको माध्यमबाट  संविधान संशोधन गर्न सकिने बताए। रिजालले भने ‘यदि  संविधानमा सबैले आफुलाई मन नपरेको बुँदा काट्दै जाने हो भने संविधानमा एक अक्षर पनि बाँकी रहदैन त्यसैले सबै पार्टी  एकै ठाउँमा आएर संविधान कार्यान्वयनको बाटोमा लाग्नुको विकल्प छैन।' उनले सबै पार्टीको सहमतीमै संविधान संशोधन प्रस्ताव पेस गरिने बताए।

त्यस्तै एमाले सचिव गोकर्ण विष्टले संविधान सबैको एकताको  सुत्र भएको भन्दै पाएको उपलब्धीलाई जोगाउनु पर्नेमा जोड दिए। उनले भने ‘संविधानमा केहि समूहको मागलाई सम्वोधन गर्न नसकिएको अवस्य हो तर संशोधनको माध्यमबाट  समस्याको समाधान गर्दै देशलाई आर्थिक र सम्बृद्धिको बाटोमा लान सकिन्छ।'

त्यस्तै थारुहट पार्टिकी संसद गंगा चौधरीले संविधान सबैको दस्ताबेज बन्न नसकेको आरोप लगइन्। चौधरीले भनिन् ‘ संविधानले सबैको दस्तावेज समावेश गर्न सकेको छैन तत्काल हाम्रो मागलाई सम्वोधन नगरिए छठ पछी पून तराईमा आन्दोलन सुरु हुनेछ।'

त्यस्तै पूर्व सभामुख  तथा नागरिक समाजका अगुवा दमननाथ ढुङ्गानाले राजनीतिक दलले संविधानलाई सत्तामा जाने खुट्किलोको रुपमा मात्र प्रयोग गरेको आरोप लगाए। उनले संविधानले सबैलाई समेट्न नसकेको भन्दै तत्काल सशोधन प्रक्रिया अगाडि बढाई आन्दोलनरत पक्षको मागलाई सम्बोधन गर्नु पर्ने बताए। उनले भने‘ संविधान त जारी भयो तर कार्यान्वयनको बाटोमा भने जान सकेको छैन जसले गर्दा तीन तहको निर्वाचन तोकिएको समयसिमामा गर्न कठिनाइ छ।' उनले दलहरुले राजतन्त्र फ्याँक्दै गणतन्त्र ल्याउँदैमा ठूलै उपलब्धी हासिल गर्यौं भन्ने मानसिकता राख्नु गम्भिर भुल भएको बताए।

उनले दलहरुले आन्दोलनरत दलको मागलाई संबोधन गर्न एक सविधान पुनरावोलकन आयोग गठन गरेर केहि समय दिएर संविधान संशोधन गर्न सुझाव दिए।

 

प्रकाशित: ८ आश्विन २०७३ १२:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App