६ वैशाख २०८१ बिहीबार
राजनीति

राजपामा महन्थविरुद्ध मोर्चाबन्दी

काठमाडौं - राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले पार्टीमा एकलौटी निर्णय गरेको भन्दै पार्टीका अन्य नेताहरूले ठाकुरविरुद्ध मोर्चाबन्दी सुरू गरेका छन्।

ठाकुरले केही दिनअघि मात्र ४ महासचिव र २ सहमहासचिव सुटुक्क नियुक्त गरेका थिए। यसअघि उनले विनोद सिंहलाई सुटुक्क महासचिमा नियुक्त गरेका थिए। राजपामा यसअघि २८ जना महासचिव हुँदा हुँदै अरु ४ महासचिव थप्न आवश्यक नभएको पार्टीका पदाधिकारीहरू बताउँछन्।

महाधिवेशनेको तिथि घाषणा भइसकेपछि काँही पनि पदाधिकारी थपिँदैन तर राजपामा महाधिवेशनेका तिथि घोषणा भएको पाँच महिनापछि पनि पदाधिकारी मनोनित गरिएको छ।’

तर ठाकुरले कसैसँग सरसल्लाह नगरी ४ जना महासचिव थपे। आवश्यक नहुँदा पनि किन पदाधिकारी थप्नु प-यो भन्दै राजपाका अन्य नेता ठाकुरसँग आक्रोशित भएका छन्। ठाकुरले थपेका ६ पदाधिकारीमध्ये सबै ठाकुर निकट हुन् । यसैगरी प्रदेश दुइ सरकारको नीति आयोगमा पनि ठाकुरले आफू निकट व्यक्तिलाई मात्र मनोनित गरेको आरोप उनीमाथि लगाइएको छ। ठाकुरले आफू निकट डा. सुरेन्द्र झालाई नीति आयोगको सदस्यमा मनोनित गरे। यसैगरी उनले राजकुुमार लेखीलाई पनि नीति आयोगको सदस्यमा मनोनित गरे।

ठाकुरले मनोनित गरेका ४ महासचिवहरू सिंह, जयप्रकाश ठाकुर, शशीकपुर मिया र पुरूषोत्तम झा यसअघि तमलोपा पृष्ठभूमिका हुन् । यसैगरी, गरी गत असोजको अन्तिम साता थपिएका २ सह महासचिव कुमारनाथ मिश्र र परेश्वर साह पनि पूर्व तमलोपा पृष्ठभूमिका हुन् । ठाकुरले प्रदेश २ सरकरमा थपेका ३ राज्यमन्त्रीमध्ये अभिराम शर्मा र सुरेन्द्र मण्डल पनि यसअघि तमलोपामा आवद्ध थिए।

राजपाले आगामी वैशाख ७, ८ र ९ मा महाधिवेशन गर्ने भनी तिथि घोषण गरेको छ। महाधिवेशनको तिथि तय भइसकेपछि पदाधिकारी थप्न नमिल्ने असन्तुष्ट नेताहरूको भनाइ छ। एक पदाधिकारी भन्छन्, ‘महाधिवेशनेको तिथि घाषणा भइसकेपछि काँही पनि पदाधिकारी थपिँदैन तर राजपामा महाधिवेशनेका तिथि घोषणा भएको पाँच महिनापछि पनि पदाधिकारी मनोनित गरिएको छ।’ पार्टीको आगामी बैठकमा यसबारे कुरा उठाउने उनले बताए।

पार्टी स्रोतका अनुसार ठाकुरले पदाधिकारी थप्ने निर्णय गर्दा उनले आफूपछिका दोस्रो नेता राजेन्द्र महतोसँग समेत सल्लाह गरेका थिएनन्। ठाकुरले महासचिव र सहमहासचिवमा मनोनित गरेको जानकारी महतोले पछि मात्रै पाएका थिए। यसैैगरी राजपालाई कार्यलय भवन राख्न दिएका तत्कालीन मधेसी निजामती कर्मचारी मञ्चका अध्यक्ष सिंहलाई पनि उनले सुटुक्क महासचिवमा मनोनित गरेका थिए । अब राजपामा महासचिवको सख्या अब ३२ पुगेको छ। यसअघि महामन्त्रीको संख्या ३१ थियो । चुनावको बेला तीन महामन्त्री वृज्रेशकुमार गुप्ता, जंगीलाल राय र विमल श्रीवास्तव राजपा छाडेर अन्य पार्टीमा प्रवेश गरेपछि महामन्त्रीको संख्या २८ बनेको थियो। सिंहसहित ४ व्यक्ति मनोनित भएपछि महासचिवको संख्या ३२ पुगेको हो। राजपामा उपाध्यक्षको संख्या २८ पुगेको छ। यसैगरी, सहमहासचिवको संख्या ३१ पुगेको छ।

राजपामा पदाधिकारीको कुल संख्या १ सय ३४ पुगेको छ। राजपामा केन्द्रीय सदस्य मात्रै ८ सय १५ जना छन्। महाधिवेशनपछि भने केन्द्रीय समितिान संख्या घटाउने तयारी राजपाले गरेको छ।


महासचिवमाथि अख्तियारको मुद्दा
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजपाका महासचिव विनोद सिंहविरूद्ध गत कात्तिक १९ मा विशेष अदालतमा अकुत सम्पत्ति आर्जन गरेको आरोप लगाउदै मुद्दा दायर गरेको छ। महासचिव सिंहले भने आफूमाथि पूर्वाग्रह राखेर मुद्दा दायर गरिएको प्रतिक्रिया दिएका छन्। तत्कालीन सहायक वन अधिकृत सिंहले गत प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको संघारमा वन सहायक अधिकृत पदबाट राजीनामा गरेका थिए।

पार्टीका एक पदाधिकारीले भने, ‘अख्यितारले विशेष अदालतमा मुद्दा दायर गरिसकेपछि उनले स्वतः राजीनामा गर्नुपर्ने हो । उनले राजीनामा नगरे पार्टीले माग्नुपर्ने हो।’ तर सिंहमाथि अदालतमा मुद्दा दायर गरिएको विषयमा राजपाले अहिलेसम्म केही प्रतिक्रिया दिएको छैन। सिंहले भने अदालतमा मुद्दा दायर गर्नेबित्तिकै आफूले राजीनामा गर्नु नपर्ने बताउँछन्। उनले भने, ‘आरोप मात्र लगाइएको हो । प्रमाणित भएको छैन । प्रमाणित नहुँदासम्म पार्टीको महासचिव पदबाट राजीनामा गर्नु पर्दैन ।’ आरोप प्रमाणित भए आफूले राजीनामा गर्ने उनले बताए।

गत भदौमा राजपा अध्यक्षमण्डलका संयोजक ठाकुरले सिंहलाई महासचिवमा मनोनित गरेका थिए। सिंह अध्यक्ष भएका बेला उनले बबरमहलस्थित मधेसी कर्मचारी मञ्चको भवनलाई राजपाको पार्टी कार्यालय राख्न दिने निर्णय गरेका थिए। सोअनुसार, २०७४ असारदेखि राजपाको पार्टी कार्यालय बबरमहलमा सरेको छ।

मञ्चको भवन पार्टी कार्यालयलाई प्रयोग गर्न दिए वाफत सिंहलाई प्रतिनिधिसभा वा प्रदेशसभामा टिकट दिने, टिकट दिन नसके समानुपातिकमा मनोनित गर्ने मौखिक सहमति राजपा अध्यक्षमण्डल र मञ्चबीच भएको थियो । सो सहमतिअनुसार सिंहले सरकारी जागिरबाट राजीनामा दिएका थिए। सरकारी जागिरबाट राजीनामा दिएपछि मञ्चको अध्यक्ष पद पनि उनले छाडे । तर राजपाले उनलाई धोका दियो । न टिकट दियो न त समानुपातिकमा नै मनोनित ग¥यो । यसपछि सिंह पार्टी नेतृत्वप्रति आक्रोशित भएका छन्। मञ्चका पदाधिकारीले बेलाबेलामा पार्टी कार्यालय खाली बनाउनुपर्ने अभिव्यक्तिसमेत दिँदै आएका थिए। मञ्चको बैठकमा पनि केही केन्द्रीय सदस्यहरूले पार्टी कार्यालय खाली गर्नुपर्ने तर्क उठाएपछि ठाकुरले सिंहलाई महासचिवमा मनोनित गरी कार्यालय भवन प्रयोग गर्न सहज र सुरक्षित बाटो अपनाएका थिए।

प्रकाशित: २५ कार्तिक २०७५ ०१:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App