हेटौडा - प्रदेश नं ३ काे प्रदेशसभा सचिवालयले प्रदेशको स्थायी राजधानी र नामकरण छिटो टुङ्गो लाग्ने जनाएको छ।प्रदेशसभा सचिवालयका अनुसार तिहार र छठको बिदापश्चात् बस्ने प्रदेशसभा बैठकबाट नामकरण र स्थायी राजधानीको टुङ्गो लाग्ने बताइएको छ। प्रदेशको राजधानी र नामकरण सम्बन्धि गठित आयोगबाट तयार गरिएको प्रतिवेदन प्रदेश सरकारलाई बुझाइ सकिएकाले त्यसबारे अब छिट्टै टुङ्गो लाग्ने जनाइएको छ।
प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेशको राजधानी र नामकरण छिट्टै प्रदेशसभा बैठकबाट टुङ्गिने बताए। हेटाैडाका विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, उद्योगी, व्यवसायी, बुद्धिजीवीले हेटौडालाई स्थायी राजधानी घोषणा गर्नुपर्ने माग गर्दै आएका छन्। रासस
प्रकाशित: २४ कार्तिक २०७५ १४:०५ शनिबार