४ वैशाख २०८१ मंगलबार
समाज

रिसको झोकमा अाफ्नै घरमा आगो

ताप्लेजुङ - ताप्लेजुङमा रिसको झोकमा एक व्यक्तिले घरमा आगो लगाएका छन्। जिल्लाको मिक्वाखोला गाउँपालिका वडा नं. २ खोक्लिङका ३६ वर्षीय दिनेश शेर्पाले शुक्रबार राती आफ्नै घरमा आगो लगाएका हुन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक लक्ष्मणबहादुर थापामगरका अनुसार घरमा परिवारभित्र सामान्य विवाद हुँदा रिसको झोकमा शेर्पाले घरमा आगो सल्काएका हुन्। राति करिव ९ बजेतिर सल्काएको आगोले घर पूर्ण रुपमा जलेर नष्ट हुँदा करिव २५ लाख रुपैयाँ मूल्य बराबरको क्षति भएको छ।

प्रहरी निरीक्षक थापा मगरका अनुसार घरभित्र भएको अन्नपात, भाँडावर्तन, लत्ताकपडा लगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ। घरमा उनकी ८८ वर्षीय आमा लाक्पीमाया शेर्पासहित दिनेशकी श्रीमती, दुईजना बालबच्चा समेत पाँच जनाको परिवार बस्दै आएका थियाे। आगलागी पछि पीडित परिवार छिमेकीको शरण लिएर बस्दै आएका छन् भने घरमा आगो सल्काउने शेर्पालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ। 

 

प्रकाशित: २४ कार्तिक २०७५ १२:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App