coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भाइरल भिडियो : यसरी खिचिएको थियो पहाड चढ्दै गरेको भालु र उसको बच्चाको भिडियो

काठमाडौं-सामाजिक सञ्जालमा यतिबेला भालुको बच्चा हिउँ परेको पहाड चढ्दै गरेको भिडियो भाइरल भएको छ। भालुको बच्चा अनेक असफलताका बीच पनि पहाडमा उक्लिन कोसिस गरिरहेको भिडियोमा देखिन्छ।

यो भिडियोलाइ समाजिक सञ्जालमा 'इंस्पिरेशन' अर्थात प्रेरणाको ट्याग दिँदै पोष्ट गरिएको छ। भिडियोमा एक भालुको बच्चा जसरी पनि आफ्नी आमालाइ भेट्टाउने प्रयत्नमा हुन्छ। उसकी आमा पहाडको चुचुरोमा पुगे पनि बच्चा पटक पटक उचाइबाट तल झरिरहेको हुन्छ। तर उसले आफ्नो प्रयत्न छोड्दैन।

एक पटक त भालु निकै तलसम्म खस्छ। हेर्दा लाग्छ अब उसको कुनै उपाय छैन तर पत्थरमा अड्केपछि पुन: उसले आफ्नी आमालाई भेट्टाउन पहाडमा उक्लिन्छ। र यो पटक सफल समेत हुन्छ। यो भाइरल भिडियोको कतिपयले आलोचना समेत गरेका छन्। जीव विज्ञान र प्राकृतिक शोधसँग चासो राख्नेहरुले यसको आलोचना गरेका छन्।

भिडियो कसले खिच्यो ?

यो भिडियो रुसी फोटोग्राफर दिमित्रि केद्रोवले ड्रोनबाट खिचेका थिए। भिडियोलाई गम्भिरतासाथ हेर्ने हो भने कुनै बेला ड्रोनको आवाजले भालुले असहज महसुस गरेको हुन्छ भने आक्रमण समेत गर्न खोजेको देखिन्छ।

नेशनल जोग्राफीले यो अत्यन्त कठिन परिस्थिति भएको बताएको छ। नेशनल जोग्राफीले ड्रोनका कारण भालुको लागि खतरनाक स्थिति आएको बताएको छ। ड्रोनकै कारण भालुले चुचुरोमा पुग्न कठिन बाटो रोजेको हुन सक्ने उनीहरुको भनाई छ। सहज परिस्थितिमा भालुले आफ्नो बच्चाको साथ कठिन बाटो रोज्ने गर्दैन।

तर दिमिग्रा केद्रोवले आफ्नो भिडियोको बचाउ गरेका छन्। रुसी वेबसाइट लेंता. आरयूसँग कुरा गर्दै उनले ड्रोनले जनावरलाई असर नगरेको बताएका छन्। भिडियोमा जुमको इफेक्ट देखिएको उनको भनाई छ। ड्रोनको आवाज सुन्नु भन्दा पहिले नै भालुको बच्चा हिउँमा कयौं पटक लडेको उनले बताएका छन्।

 

प्रकाशित: २४ कार्तिक २०७५ ०८:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App