७ वैशाख २०८१ शुक्रबार
समाज

पहिरो पीडितलाई आवास बनाउन आर्थिक सहयोग

पर्वत- पर्वतको जलजला गाउँपालिकामा गत साउनमा गएको बाढी र पहिरोबाट बिस्थापितका आवास बनाउन अन्तरराष्ट्रिय पर्वत सेवा समाजले आर्थिक सहयोग गरेको छ।

समाजले जलजला गाउँपालिका–७ र ८ का पहिरो पीडितलाई आवास बनाउन गाउँपालिकालाई सहयोग गर्ने भएको हो। आवास बनाउन जलजला गाउँपालिका र अन्तराष्ट्रिय पर्वत सेवा समाजका बीचमा सम्झौता भएको छ।

गाउँपालिका अध्यक्ष रामकृष्ण मल्ल र समाजका अध्यक्ष पुरन गिरीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार समाजले एकमुष्ठ रुपमा नौ लाख सहयोग गरिने अध्यक्ष पुरन गिरीले बताए।

पहिरो पीडितका लागि आवास बनाउन अन्तरराष्ट्रिय पर्वत समाजका सदस्य रहेका विभिन्न मुलुकमा रहेका प्रवासी पर्वतेलीले सहयोग अभियान सञ्चालन गरेका थिए।

जलजला गाउँपालिकामा दुई दर्जन घरमा पूर्ण क्षति पुगेको छ । घरमा बस्नै नहुने गरी आधा दर्जन घर बगाएको छ भने अन्य घर सामान्य मर्मत र पहिरो रोकथामका लागि तार जाली लगाएमा बस्न सकिने अवस्थामा छन।

बिस्थापितमध्ये पूर्णरुपमा क्षति भएका घर निर्माण गर्ने र मर्मत गरेर बस्न सकिने घरमा मर्मत गरिने गाउँपालिका अध्यक्ष रामकृष्ण मल्लले बताए। “गाउँपालिकाले ठूलो खर्च गरेर घर बनाउने भन्दा पनि बनाउनुपर्ने घरलाई मर्मत गरेर पुनःस्थापित गर्ने योजना बनाएका हौँ।”

बाढी पहिरो पीडितका लागि लायन्स क्लब, विभिन्न सामाजिक संस्था र ब्यक्तिगतरुपमा समेत गाउँपालिकालाई सहयोग भइरहेको छ। सहयोग रकमबाट अपुग हुने रकम गाउँपालिकाले ब्यबस्था गर्ने अध्यक्ष मल्लले बताए। रासस

 

प्रकाशित: २४ कार्तिक २०७५ ०७:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App