७ वैशाख २०८१ शुक्रबार
समाज

जीप दुर्घटनामा एकको मृत्यु

रुकुम पश्चिम - रुकुम पश्चिममा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको बाँफिकोट गाउँपालिका–३ दहखोलामा शुक्रबार बेलुकी जीप दुर्घटना हुँदा चालक आठबिसकोट नगरपालिका–१ का २८ वर्षीय टेकमान विकको मृत्यु भएको हो।

स्यार्पूबाट नेपानेतर्फ जाँदै गरेको लु१ज २६६८ नम्बरको जीप दुर्घटना हुँदा चालक विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। दुर्घटनामा परी विककी पाँच वर्षीया छोरी पार्वती गम्भीर घाइते भएकी प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए। घाइते विकलाई उपचारका लागि जिल्ला अस्पताल लगिएकाे छ। जीप सडकबाट करीब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ। विक जिप लिएर नेपानेमा रहेको ससुराली जाँदै गरेको बताइएको छ। रासस

प्रकाशित: २३ कार्तिक २०७५ १३:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App