coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सुविधानगरलाई चिटिक्क बनाउने अभियानमा पूर्वमन्त्रीदेखि न्याधीशसम्म

काठमाडौँ– काठमाडौँ महानगरपालिका–३५ सुविधानगरस्थित एकीकृत उपभोक्ता सङ्घले स्थानीय टोललाई सरसफाइ गरेर चिटिक्क बनाउने अभियान सुरु गरेको छ।

आउँदो बडादसैँलाई दृष्टिगत गरेर टोलभित्रका सडक, चोक, गल्ली र देवालयलाई सफासुग्घर तुल्याउन स्थानीयवासी सबै सरसफाइ अभियानमा जुटेको सङ्घका अध्यक्ष मदनकुमार सिवाकोटीले बताए। स्थानीय मिलीजुली चोकबाट सुरु भएको अभियानमा त्यस क्षेत्रका न्यायाधीश, राजनीतिज्ञ, प्राध्यापक, बुद्धिजीवी, कलाकार, पत्रकारसहितले हातमा खरेटो, कुचो, साबेल, फोहर उठाउने डोको र बोरा बोकेर शनिबार एकाबिहानै सडकमा झरेका थिए। सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की र पूर्वमन्त्री अग्निप्रसाद खरेल सम्मिलित उक्त अभियानमा सातदेखि ८० वर्ष उमेर समूहका सबै टोलबासी सरिक थिए।

सो क्रममा घरमा सटर भाडामा लिएर व्यापार र व्यवसाय सञ्चालन गरेकाहरुलाई सडक पेटीमा सर्वसाधारणलाई हिँड्डुल गर्न अप्ठ्यारो हुने गरी सामान नराख्न तथा पसलबाट आएको फोहरको उचित व्यवस्थापन गरेर टोललाई चिटिक्क बनाउने अभियानमा सहयोग पुर्याउन आग्रह गरिएको थियो।

त्यस क्षेत्रका २३० घरधनी एकीकृत उपभोक्ता सङ्घसँग आबद्ध रहँदै आएका छन्। यसअघि उक्त सङ्घको अगुवाइमा वाग्मती किनारमा वृक्षरोपण समेत गरिएको थियो। सङ्घले त्यस क्षेत्रका सबै सडक र गल्लीमा अब सौर्यबत्ती जडानलाई प्राथमिकता दिने जनाएको छ। रासस

प्रकाशित: ८ आश्विन २०७३ १०:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App